सिडियो थापालाई चितवन उद्योगसंघको स्वागत, औद्योगिक प्रर्वधनका विषयमा छलफल
चितवन । चितवन उद्योग संघको आयोजनामा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी र उद्योगीहरुबीच परिचयात्मक एवम् औद्योगिक प्रबद्र्धनको विषयमा छलफल सम्पन्न भएको छ ।चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई प्रमुख आतिथ्यताका साथ स्वागत गरिएको थियो ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले स्वागत मन्तव्य सहित संघको औद्योगिक गतिविधि र अभियानका वारेमा जानकारी गराउनु भएको कार्यक्रममा विशेष व्यक्तित्व भुपेन्द्...


