×

रत्ननगर । रत्ननगर नगरपालिकाका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकको आन्तरिक सरुवा गरिएको छ ।मावि र निमावि तहमा अध्यापन गराउने ३६ जना शिक्षकहरुको सरुवा गरिएको हो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागी नगरपालिकाले तयार गरेको दरबन्दी मिलान तथा शिक्षक व्यवस्थापन कार्यविधि अनुसार शिक्षकहरुको सरुवा गरिएको मेयर प्रलाद सापकोटाले जानकारी दिए। नगर भित्रका २७ वटा सामुदायिक विद्यालयमा राहत र दरबन्दी गरि ३२३ जना शिक्षक कार्यरत छन् ।

तपाईको प्रतिक्रिया