×

चितवन ।पठाओ नेपालले चितवनमा पहिलोपटक दसैं महोत्सव घोषणा गरेको छ ।हरेक हप्ता खसी उपहार र बम्पर उपहारमा ५१ हजार नारा रहेको यस महोत्सवमा बाइक राइडर र टुकटुक चालकले हरेक हप्ता एउटा खसी जित्ने र बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले ५१ हजार रुपैयाँ जित्ने कम्पनीले जनाएको छ ।

असोज ८ देखि २८ गतेसम्म चल्ने महोत्सवका विजेता गोला प्रथाबाट छनोट गरिने र बिजेतालाई कार्यालयमा उपहार हस्तान्तरण गरिने कम्पनीका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।खसी उपहार जित्न योग्य हुनका लागि कम्पनीले तोकेको नियमहरू पूरा गरी बाइक राइडरले हरेक हप्ता १०० वटा राइड पूरा गरेको हुनुपर्ने र टुकटुक चालकले हरेक हप्ता ६० वटा राइड पूरा गरेको हुनुपर्ने थापाले बताए ।

बम्पर विजेता साप्ताहिक विजेताको योग्यताभित्र पर्ने चालक र राइडरहरू मध्येबाट नै छनौट गरिने कम्पनीले जनाएको छ । ग्राहकका लागि भने पठाओ दसैं महोत्सवमा हरेक दिन ४ जना भाग्यशाली विजेतालाई २ हजार रुपैयाँ बराबरको प्रोमो डिस्काउन्ट दिइने कम्पनीले जनाएको छ । सो प्रोमो डिस्काउन्ट बाइक या टुकटुक राइडमा लिन सकिनेछ ।

पठाओको सेवा नेपालमा सुरू भएको चौथो वार्षिकोत्सवको अवसरमा सन् २०२२ सेप्टेम्बर २४ मा चितवनमा पठाओ बाइक र टुकटुक सुरू गरिएको थियो ।चितवनमा जस्तै देशैभरका अरु शहरहरूमा कम्पनीले आफ्नो सेवा विस्तार गर्ने योजना समेत रहेको थापाले बताए ।

तपाईको प्रतिक्रिया