×

चितवन । भरतपुर अस्पतालले डाक्टर, नर्स र प्राविधिक कर्मचारी माग गरेको छ । अस्पतालले आज एक सूचना प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।अस्पतालले जारी गरेको सूचना अनुसार ‘भरतपुर अस्पताल करार तथा ज्यालादारी कार्यविधि २०७९” अनुसार ती पद पूर्ति गरिने जनाईएको छ ।

अस्पतालले रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसिन, फिजिसियन, मेडिकल अधिकृत, स्टाफ नर्स, ल्याब टेक्निसिन माग गरेको छ । योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र दरखास्त फारम भर्न भनिएको छ ।

हेर्नुहोस् भरतपुर अस्पतालले जारी गरेको सूचना

तपाईको प्रतिक्रिया