गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको छ : ‘प्रचण्ड’
चितवन–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन भत्काउने षड्यन्त्रलाई निस्तेज पारिएको बताएका छन् । आइतबार भरतपुरमा भएको शारदानगर जागृती शहरी खानेपानी तथा सरसफाई आयोजना, जखडिमाई सह लगानी खानेपानी आयोजना र दिव्यनगर खानेपानी आयोजनाको सयुंक्त उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गरेको देखेर सत्ता गठबन्धन भत्काउन लागेपनि सफल नभएको बताएका हुन् ।
‘अहिले भर्खरै कोशी प्रदेशमा जे राजनीतिक परिदृश्य तपाईहरुले पनि देख्नुभए होला । यही गठबन्धनले राम्रो गर्न खोजेक...


