
चितवन–चितवनको भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा रु ५ करोडको लागतमा फिट्नेस हब सञ्चालनमा आएको छ । आज देखि औपचारिक रुपमा राइनो फिटनेस हब संचालनमा आएको हो ।
नेपालमा नै ठूलो र अत्याधुनिक प्रविधियुक्त उक्त फिटनेस हब १२ हजार स्क्वायर फिटमा निर्माण गरिएको छ । उक्त फिटनेस हब (जिम घरमा) एक पटकमा २५० जनाले सेवा लिन सक्ने छन् । यहाँ जिम, काडीयो, एरोविक लगाएतका शरीरलाई तन्दुरुस्त राख्न आवश्यक पर्ने खेलहरु गराईने छ । संरक्षक नारायण प्रसाद गजुरेलका अनुसार मानव जीवनमा स्वास्थ्य नै पहिलो सम्पती भएकाले यो यो फिटनेस हब सञ्चालनमा ल्याईएको हो ।
छोराको इच्छा अनुसार फिट्नेस हब सञ्चालनमा ल्याईएको बाउँदै उनले समाजलाई स्वस्थ राख्नमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले भने–“स्वस्थ्य समाज निर्माणका लागि यो कार्य सुरु गरेका हौं ।” छोराले १७ वर्षको उमेर देखि गर्दै आएको यस कार्यलाई आफ्नै व्यवसायीक रुपमा ढालिएको उनले बताए । एउटै छानामुनि स्विमिङड्राई सोना स्टिम लगाएतका गतिबिधिहरु हुने उनले बताए ।
यस हबका मुख्य प्रशिक्षक ग्रिस महर्जन रहेका छन् । उनी अन्तरगत अन्य दुई जना सहायक प्रशिक्षकहरु समेत छन् ।