×

खेलकुद

प्रधानमन्त्री कप उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै

प्रधानमन्त्री कप उपाधिका लागि एपीएफ र त्रिभुवन आर्मी क्लब खेल्दै
काठमाण्डौ -प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे हुनेछ । एपीएफका कप्तान शरद भेषवाकारले फाइनलसम्म पुग्नु एपीएफका लागि ठूलो उपलब्धि भएको र फाइनल खेलमा पनि राम्रो प्रदर्शन गर्ने बताए । आर्मीका कप्तान बिनोद भण्डारीले आवश्यक पर्दा संकट टार्ने क्षमताका खेलाडी रहेकाले आजको उपाधि जित्न प्रयत्नशील रहने बताएका छन् । एपीएफले पहिलो सेमिफाइनलमा...

प्रधानमन्त्री कप क्रिकेटमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै

प्रधानमन्त्री कप  क्रिकेटमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै
काठमाण्डाै - प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् । खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ । हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ  ।

प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा

प्रेरणा जे फोर आइटिएफ टेनिसको दोस्रो चरणमा
काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स सिंगल्सको दोस्रो चरणमा प्रवेश गरेकी छिन् । नैरोबीमा सोमबार भएको पहिलो चरणको खेलमा नेपालकी प्रेरणाले केन्याकी साइनथिया वान्जालालाई ७-५, ७-५ ले पराजित गरिन् । प्रतियोगितामा प्रेरणाले १४औं वरियता प्राप्त गरेकी छिन् । प्रेरणाले अब दोस्रो चरणमा ग्रेट ब्रिटेनकी इमोजेन हाडाडसँग खेल्नेछिन् । यस्तै नेपालकै अर्की खेलाडी सलोनी तामाङ २०औं वरियतामा छिन् । सलोनी भने पहिल...

पीएम कपमा समूह चरणका अन्तिम खेल आज, आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

पीएम कपमा समूह चरणका अन्तिम खेल आज, आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै
काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् । समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेकोले यस खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । एपीएफल...

इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित

इङ्ग्लिस प्रिमियर लिगमा बर्नलीसँग लिभरपुल पराजित
काठमाण्डौ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ ।गएराति भएको खेलमा लिभरपुल बर्नलीसँग १–० गोल अन्तरले पराजित भएको हो । बर्नलीको जितका लागि ८३ औँ मिनेटमा पाएको पेनाल्टीमा आस्ले बार्नेसले गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुल १९ खेलबाट ३४ अङ्कसहित चौथो स्थानमा छ । जित निकालेको बर्नली १८ खेलबाट १९ अङ्कसहित १६ औँ स्थानमा उक्लिएको छ । यो हारसँगै लिभरपुलको घरेलु मैदानमा रहेको अपराजित यात्रा टुङ्गिएको छ ।

अठ्ठाईस बिगाहालाई चोरमाराले हरायो

अठ्ठाईस बिगाहालाई चोरमाराले हरायो
नवलपुर–कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आज पाँचौं दिनको खेलमा चोरमारा युथ क्लवले जित निकालेको छ ।अठ्ठाईस बिगाहा एफसीसँग भएको खेलमा चोरमाराले २–० गोल अन्तरले जित निकालेको हो । मध्यान्तरसम्म दुबै टीमका तर्फबाट अत्यन्त प्रतिस्पर्धात्मक प्रदर्शन रहेको थियो । मध्यान्तरसम्म बराबरी अवस्थामा रहेको खेलमा ४८ र ६१ मिनेटमा क्रमशः चोरमाराका सन्तोष सुनार र सुभाष हमालले एक–एक गोल गरे ।आजको खेलमा चोरमाराका खेलाडी समिर थापा म्यान अ...

पीएम कपमा आज दुई खेल : लुम्बिनी र प्रदेश २ पहिलो खेल खेल्दै

पीएम कपमा आज दुई खेल : लुम्बिनी र प्रदेश २ पहिलो खेल खेल्दै
काठमाडौं । प्रधानमन्त्री कप पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।समूह ‘क’ मा रहेका लुम्बिनी प्रदेश र प्रदेश २ ले आज पहिलो खेल खेल्दैछन् । यस खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । दुवै टोली प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छन् । लुम्बिनी कृष्ण कार्कीको कप्तानीमा खेल्दैछ भने प्रदेश २ को नेतृत्व सुरज कुर्मीले गर्दैछन् । भेट्रान मेहबुब आलम पनि प्रदेश २ टोलीमा छन् ।यस्तै समूह ‘बी’ अन्तर्गत गण्डकी प्रदेश र कर्णाली ...

हसौरामा जारी फुटबल प्रतियोगितामा नमुना युवा क्लवको  जित

हसौरामा जारी फुटबल प्रतियोगितामा नमुना युवा क्लवको  जित
नवलपुर ।कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारीे दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको चौथो दिन सोमवारको खेलमा नमुना युवा क्लव कालिकाले जित निकालेको छ । बेलुवा एफसीसँग भएको खेलमा नमुनाले ४–२ गोल अन्तरले जित निकालेको हो ।अत्यन्त प्रतिस्पर्धात्मक खेलमा नमुनाका तर्फबाट जर्सी नं. ८ का खेलाडी रुमबहादुर गाहाले खेलमा थपिएको ३ मिनेटको ईन्युरी टाईममा गरेको २ गोल निर्णायक गोल बन्यो । प्रतिस्पर्धामा पहिलो गोल बेलुवाका तर्फबाट जर्सी नं. ९ का किरण रानामगरले १३ औं मिनेट...

दोस्रो माडी गोल्डकप फुटबलमा माडी ११ को बिजयी सुरुवात

दोस्रो माडी गोल्डकप फुटबलमा माडी ११ को बिजयी सुरुवात
 चितवन । माडी ११ राष्ट्रिय स्तरको दोस्रो माडी गोल्डकप फुटबलमा विजयी भएको छ । माडीको बसन्तपुरमा आज भएको खेलमा माडीले बिरगञ्ज युथ एकेडेमीलार्ई ५–१ हरायो । माडीका लागि म्यान अफ द म्याच घोषित रितेश क्षेत्रीले ५ गोल गरेका थिए भने बिरगञ्जका लागि आदित्य शाक्यले सान्तोना गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत भोली सोमबार अल स्टार क्लब तनहु र सेन्ट्रल कलेज बि एफ सि भरतपुर बिच प्रतिस्पर्धा हुने आयोजक कमिटिका अध्यक्ष नविन बस्यालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रू २ लाख र उपव...