×

खेलकुद

वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत टी–२० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। आयोजक भारत टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।खेलमा वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै साविक विजेता समेत रहेको भारतले सेमिफाइनलको टिकट काटेको हो। १९६ रनको विशाल लक्ष्य पछ्याएको भारतका लागि सञ्जु सामसनले उत्कृष्ट पारी खेले। १९।२ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको भारतका लागि सामसन ५० बलमा ९७ रनसहित अविजित रहे। उनले १२ चौका र ४ छक्का प्रहार गरे। यस्तै, तिलक वर्माले २७, हार्दिक पाण्ड्याले १७ रन जोडे। बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डर र शाई होपले दु...

टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा

टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा
काठमाडौं । आयोजक भारतले टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ । खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो । योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ । भारतले दिएको १७६ रनको लक्ष्य पछ्याएको पाकिस्तान १८ ओभरमा ११४ रनमै अलआउट भयो ।उसका लागि उस्मान खानले ४४ रन बनाउँदा अन्य ब्याट्सम्यान फल्प सावित भए । शादाब खानले १४ रन तथा फहिम अश्रफले १० रन जोड्दा अन्य ब्याट्सम्यानले ...

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवन । भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ खेलकुद सप्ताह सुरु भएको छ । कृष्णपुरस्थित खेलकुद मैदानमा मंगलबार आयोजित एक औपचारिक कार्यक्रमका बीच खेलकुद सप्ताहको उद्घाटन गरिएको हो । कार्यक्रममा विद्यालयका प्राचार्य सुमन पौडेलले बेलुन उडाएर खेलकुद सप्ताहको उद्घाटन गर्दै खेलकुदले विद्यार्थीमा अनुशासन, सहकार्य, नेतृत्व र प्रतिस्पधी भावनाको विकास गर्ने बताए । उनले नियमित पठनपाठनसँगै अतिरिक...

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा

विराटनगरलाई ७७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा
सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मंगलवार टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनल यात्रा सुनिश्चित गरेको हो। १५६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको विराटनगर १४ ओभर एक बलमै ७८ रनमा सबै विकेट गुमाएर समेटियो। विराटनगरका ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ३६ रन जोडे पनि टोलीलाई जितको बाटोमा ल्याउन सकेनन्। अन्य ब्याटरहरूले उनलाई साथ दिन नसकेपछि विराटनगर दबाबमा ...

लिगबाट बाहिरिएका कर्णाली र जनकपुरबीच आज प्रतिष्ठाको खेल

लिगबाट बाहिरिएका कर्णाली र जनकपुरबीच आज प्रतिष्ठाको खेल
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको लिग चरण अन्तर्गत आज अन्तिम खेल हुने भएको छ। अपराह्न ३ः३० बजे निर्धारित खेलमा कर्णाली याक्स र विगतको उपाधि विजेता जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। छ खेलबाट समान दुई–दुई अंक मात्र बटुलेका दुवै टोली प्रतियोगिताबाट पहिले नै बाहिरिएका छन्। त्यसैले आजको खेल दुवैका लागि प्रतिष्ठा जोगाउने अवसरका रूपमा रहनेछ। यसैबीच, लिग चरण सकिनै लाग्दा प्लेअफ समीकरण स्पष्ट बनेको...

बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य

बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य
कीर्तिपुर - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ सुरु गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन जोड्यो। चितवनका स्टार अलराउन्डर बि बोपारा पुनः उत्कृष्ट फर्ममा देखिए। लगातार तेस्रो खेलमा अर्धशतक प्रहार गर्दै उनले ३८ बलमा ६५ रन बनाए, जसमा ३ चौका र ४ छक्का समावेश थिए।उनलाई साथ दिने क्रममा सैफ जैबले ३२ रन, देव खनालल...

लुम्बिनी लायन्सको विजयी सुरुवात

लुम्बिनी लायन्सको विजयी सुरुवात
काठमाडौं । लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।पहिलो संस्करणमा एक खेल मात्र जितेर अन्तिममा रहेको लुम्बिनीले यस संस्करणमा भने पहिलो खेलमै जित हात पार्दै सुखद सुरुवात गरेको छ । पहिलो संस्करणमा चितवन राइनोजलाई मात्रै हराउन सफल लुम्बिनीले दोस्रो संस्करणको पहिलो खेलमै चितवनलाई नै हराएको हो ।चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर ४६ रन बनाउँदै पूरा गरेको हो । लुम्बिनी...

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज ५ विकेटले विजयी
काठमाडौं । एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्टसलाई ५ विकेटले पराजित गरेको छ ।टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।लक्ष्य भेटाउन काठमाडौंका बेन चार्ल्सवर्थले ४६, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रनको योगदान गरे । जनकपुरका किशोर महतो, अनिल साह, ललित राजवंशी र निकोल लफ्टी इटन र सञ्जय कृष्णमूर्तिले एकरएक विकेट लिए ।यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले ६ विकेट गुमा...

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य
काठमाडौं । एनपीएल दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्टसले काठमाडौं गोर्खाजलाई १३१ रनको मध्यम लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेट गुमाएर १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए । मयन यादवले ३३ रन बनाए ।काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट लिए ।