आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी
काठमाण्डौ । आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएको थियो ।आयरल्यान्डले १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । १ सय ९ रनको लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ११ रन बनायो । भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे । आयरल्यान्डका लागि करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको...