विश्वकप लिग–२ नेपालको लगातार तेस्रो हार
काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ को युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।नेपाल आफ्नो तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित हुन पुग्यो ।
दुबईस्थित आईसीसी एकेडेमीमा नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमा ६ विकेट गुमाएर पुरा ग¥यो । अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रन बनाए ।
मिलिन्द कुमारले ७० रनको योगदान दिए । बलिङमा नेपालका सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नन्दन यादव, करण केसी र गुल्सन झाले एकएक विकेट लिए ।
त्यसअ...

























