×

खेलकुद

युनाइटेडलाई हराउँदै सिटी लिगकपको फाइनलमा

युनाइटेडलाई हराउँदै सिटी लिगकपको फाइनलमा
२३ पुस, काठमाडौं । म्यानचेष्टर डर्बीमा जित हात पार्दै म्यानचेष्टर सी इंग्लिस लिग कप इएफएल को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो । ओल्ड ट्राफोर्डले युनाइटेडले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर सिटीले दवस्रो हाफमा दुई गोल गर्‍यो । ५०औं मिनेटमा जोन स्टोन्स र ८३औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई फाइनल पुर्‍याएका हुन् । सिटीले अब अप्रिल २५ मा वेम्लीमा हुने फा...

नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा

नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा
काठमाण्डाै – नेपाली क्रिकेटर सन्दिप लामिछाने पाकिस्तान सुपर लिगको आगामी संस्करणका लागि ड्राफ्टमा परेका छन् । उनी यसपटक प्लाटिनम वर्गमा परेका छन् । यो वर्गमा क्रिस गेल, मोइन अली, कोलिन इन्ग्राम, इमरान ताहिर, मलान, क्रिस लिन, रासिद खान, मुजीव उर रहमान रहेका छन् । यसका साथै घरेलु क्रिकेटमा बाबर अजाम लगायतका चर्चित अनुहार यो श्रेणीमा परेका छन । पीसीबीले सार्वजनिक गरेको ड्राफ्ट लिस्टमा सन्दिप सहित पाकिस्तान र अन्य देशका गरी कुल ३ सय खेलाडीहरु सामेल गरिएको छ भने पीस...

चेल्सीमाथि म्यानचेष्टर सिटीको शानदार जित

चेल्सीमाथि म्यानचेष्टर सिटीको शानदार जित
काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । सिटीका लागि १८औं एकाए गुन्डागोन, फिल पोडेनले २१औं र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गरे ।चेल्सीका लागि इन्जुरी टाइममा कलुम हड्सन ओडोइले सान्त्वना गोल फर्काए ।जितपछि सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।१७ खेल खेलिसकेको चेल्सी २६ अंकसहित आठौं स्थानमा छ ।

लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा

लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ फाइनलमा
दाङ । घरेलु टोली लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रदेश १ प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनीलाई १० विकेटले पराजित गर्दै प्रदेश १ ले फाइनलमा विभागीय टोली एपीएफसंग उपाधि भेट पक्का गरेको हो । शनिबारै भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । लमही क्रिकेट मैदानमा लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प...

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै

प्रधानमन्त्री कप महिला क्रिकेटमा आज दुई खेल हुँदै
काठमाण्डौ - दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह ुबीु का दुई वटा खेल हुँदैछन् ।आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ । प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्...

ला लिगा : भ्यालेन्सियासँगको खेलमा बार्सिलोना बराबरीमा रोकियो, मेस्सीले राखे कीर्तिमान

ला लिगा : भ्यालेन्सियासँगको खेलमा बार्सिलोना बराबरीमा रोकियो, मेस्सीले राखे कीर्तिमान
काठमाण्डौ- स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले भने पेलेको नाममा रहेको एकै क्लबबाट सबैभन्दा धेरै ६ सय ४३ गोलको कीर्तिमान बराबरी गरेका छन् । ३३ वर्षीय मेस्सीले पहिलो हाफको अन्तिममा डाइभिङ हेडरको साथमा यो कीर्तिमान राखेका हुन् । उनले प्रहार गरेको पेनाल्टी भ्यालेन्सियाका गोलरक्षक जाउमी डोमेनेचले बचाएपछि फर्किएको बललाई गोलमा परिणत गरेका हुन्। मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी
काठमाण्डौ - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ । अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ। यस्तै, प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खे...

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त
काठमाडौं । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोर नियुक्त भएका छन् ।नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार वक्तव्य जारी गर्दै वाटमोरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको हो । नेपालमा क्षमतवान खेलाडीहरु रहेको र क्रिकेटमा नेपालको भविश्य उज्जल भएकाले वाटमोर नयाँ चुनौतीका लागि तयार भएको उनका म्यानेजर कौश्तभ लाहिरीले बताएका छन् । प्रशिक्षकका लागि वाटमोरसहित १२ जना प्रतिस्पर्धामा थिए । पूर्व प्रशिक्षक पुवुदु दशानायके, अपूर्व सुबोधभाइ देसाइ, नेइल क्याक्रेइ लगाय...

सन् २०३० को एसियन गेम्सको जिम्मा कतारलाई

सन् २०३० को एसियन गेम्सको जिम्मा कतारलाई
काठमाण्डौ – कतारले सन् २०३० को एसियन गेम्स आयोजनाको जिम्मा पाएको छ । भोटिङका आधारमा कतारले साउदी अरेबियालाई पछि पार्दै एसियन गेम्सको जिम्मा पाएको हो । ओमानको मस्कटमा ओलम्पिक काउन्सिल अफ एसियाका अध्यक्ष शेख अहमद फाद अल अहमद अल सबाहले सन् २०३० को एसियन गेम कतारले आयोजना गर्न पाउने निर्णय सुनाउनुभएको थियो । यस्तै सन् २०३४ को एसियन गेम्सको जिम्मा भने साउदी अरेबियाले पाएको छ । सन् २०३० को एसियन गेम्सका लागि भोटिङ आफ्नो पक्षमा पार्न कतारको टिम नेपाल पनि आएको थियो । त्यसपछि सा...