Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

२३ पुस, काठमाडौं । म्यानचेष्टर डर्बीमा जित हात पार्दै म्यानचेष्टर सी इंग्लिस लिग कप इएफएल को फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा सिटीले युनाइटेडलाई उसैको मैदानमा २-० ले पराजित गरेको हो ।

ओल्ड ट्राफोर्डले युनाइटेडले सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो । तर सिटीले दवस्रो हाफमा दुई गोल गर्‍यो ।

५०औं मिनेटमा जोन स्टोन्स र ८३औं मिनेटमा फर्नान्डिन्होले गोल गर्दै सिटीलाई फाइनल पुर्‍याएका हुन् ।

सिटीले अब अप्रिल २५ मा वेम्लीमा हुने फाइनलमा टोटनहमसंग खेल्नेछ । टोटनहमले पहिलो सेमिफाइनलमा ब्रेन्टफोर्डलाई २(० ले ने पारजित गरेको थियो ।

तपाईको प्रतिक्रिया