Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । जितसँगै म्यानचेस्टर युनाइटेडले चौथो स्थानमा रहेको लेस्टर सिटीसँग अंक दूरी छोट्याएको छ ।

अंक तालिकामा लेस्टर सिटीको १३ खेलबाट २४ अंक छ भने म्यानचेस्टर युनाइटेड १२ खेलमा २३ अंकका साथ छैठौं स्थानमा छ । सेफिल्ड युनाइटेड भने पुछारमा रहेको छ। यस्तै, प्रिमियर लिगकै अर्को खेलमा एस्टोन भिल्ला र बर्नलीले बराबरी खेलेका छन् । दुवै टिमले गोलरहित बराबरी खेलेका छन् ।

तपाईको प्रतिक्रिया