सोसिडाडलाई हराउँदै बार्सिलोना पाँचौ स्थानमा उक्लियो
काठमाडौं । शीर्ष स्थानमा रहेको रियल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको पाँचौ स्थानमा उक्लेको छ । गएराति भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि २-१ को पुनरागमन जित हात पारेको हो ।
घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाका लागि जोर्डी अल्बा र फ्रेन्की डे जोङले गोल गरे ।
खेलको २७औं मिनेटमा विलियन जोसले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए । ४३औं मिनेटमा अल्बाकै पारसमा डे जोङले गोल...























