×

काठमाण्डौ । अर्जेन्टिनाका फुटबल लिजेन्डु डिएगो म्याराडोनाको निधन भएको छ ।विश्वकै चर्चित फुटबलरका रूपमा हेरिने म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार निधन भएको हो ।कार्डिक अरेस्ट हृदयघात का कारण उनको घरमै निधन भएको बताइएको छ ।

दुई हप्ताअघि मात्रै ब्लड कल्टु बनेपछि उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो ।सर्वकालीन सर्वोत्कृष्ट खेलाडीका रूपमा लिइने म्याराडोनाले आफ्नो कप्तानीमा सन् १९८६ मा अर्जेन्टिनाला विश्व कपको उपाधि दिलाएका थिए ।आफ्नो करियरमा बार्सिलोना र नापोलीबाट खेलेका म्याराडोनाले दुई ओटा सिरिए ए को टाइटल पनि जिताएका छन् ।

तपाईको प्रतिक्रिया