चितवन । क्रिकेट प्रशिक्षक अनिल अधिकारीको विषयमा विना पारिश्रमिक २ वर्ष काम काम गरेको भन्ने समाचारको विषयलाई लिएर चितवन क्रिकेट संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
चितवन क्रिकेट संघले अधिकारीले कुनै खालको आर्थिक लाभ पाउने गरि सम्झौता नभएको प्रष्ट पारेको छ । अध्यक्ष कैलास प्रधानले उज्यालो खबरलाई पठाएको पत्रमा पारिश्रमिक नपाएको वा अन्याय भएको भन्ने कुराले चितवन क्रिकेटसंघलाई आघात पुुगेको उल्लेख छ ।
चितवन क्रिकेट एकेडमीमा सहायक प्रशिक्षकको रुपमा लामो समयदेखि काम गरेका भएतापनि पारिश्रमिक नपाएको प्रशिक्षक अधिकारीले बताएपछि उज्यालो खबरमा समाचार प्रकाशन भएको थियो ।