Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ – दाङको लमहीमा भइरहेको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा आज समूह ुबीु का दुई वटा खेल हुँदैछन् ।आजको पहिलो खेल बिहान साढे नौ बजे वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुने छ । यस्तै दोश्रो खेल दिउँसो सवा एक बजे गण्डकी प्रदेश र प्रदेश नम्बर १ का बीच हुने छ ।

प्रदेश नम्बर १ प्रधानमन्त्री कप महिला क्रिकेटको सेमिफाइनलमा पुगिसकेको छ । हिजोको खेलमा सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएर प्रदेश १ अन्तिम चारमा पुगेको हो ।सुदूरपश्चिमले दिएको ५४ रनको लक्ष्य प्रदेश १ ले १५ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो । यस्तै हिजोको दोस्रो खेलमा वाग्मती प्रदेशले गण्डकीलाई ६५ रनले हराएको छ । वाग्मतीले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको गण्डकीले ५ विकेट गुमाएर जम्मा ८८ रन बनाउन सक्यो ।

वाग्मतीले सेमिफाइनलको आशा कायमै राखेको छ । गण्डकी भने बाहिरिएको छ । समूह ए बाट एपीएफ र लुम्बिनी सेमिफाइनलमा पुगिसकेका छन् ।

तपाईको प्रतिक्रिया