
काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर सिटीले चेल्सीमाथि शानदार जित हात पारेको छ । आइतबार भएको खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो ।
सिटीका लागि १८औं एकाए गुन्डागोन, फिल पोडेनले २१औं र केभिन डे ब्रुएनाले ३४औं मिनेटमा गोल गरे ।चेल्सीका लागि इन्जुरी टाइममा कलुम हड्सन ओडोइले सान्त्वना गोल फर्काए ।जितपछि सिटी १५ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा उक्लेको छ ।१७ खेल खेलिसकेको चेल्सी २६ अंकसहित आठौं स्थानमा छ ।