×

आर्थिक

पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय

पूर्वसभामुखहरूको गाडी फिर्ता लिनेबारे छलफलमा संसद् सचिवालय
काठमाडौं । संघीय संसद् सचिवालयका अधिकारीहरू पूर्वसभामुखहरूको गाडी सुविधा फिर्ता लिनेबारे छलफलमा जुटेका छन् । तर कुनै निष्कर्षमा पुगेका छैनन् ।अर्थ मन्त्रालयले हालै सेवानिवृत्त राजनीतिक तथा प्रशासनिक पदाधिकारीको सुविधा फिर्ता गर्न लगाउने निर्णय गरेको छ । प्रचलित कानुन बमोजिमबाहेक लिइरहेको सवारी साधन, जिन्सी सामान, सहयोगी र सुरक्षाकर्मी फिर्ता गर्न र अन्य सेवा सुविधा रोक्न अर्थ अर्थ मन्त्रालयले गृह मन्त्रालय र रक्षा मन्त्रालयलाई पत्राचार नै गरेको छ । यही असोज ५ गते बसेको ...

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान

देउवा परिवारको सम्पत्तिमाथि सुरु भयो अनुसन्धान
काठमाडौं - सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहित निवर्तमान सरकारका दुई मन्त्रीहरूको सम्पत्तिमाथि अनुसन्धान शुरु गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही प्रमाणहरू संकलन गरी परीक्षणका लागि नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा पठाएको हो । ‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उहाँकी धर्मपत्नी एवं निवर्तमान सरकारको परराष्ट्रमन्त्री आरजु राणा देउवा र उर्जामन्त्री दिपक खड्काको सम्पत्तिबारे केही प्रमाण संकलन भएको थियो,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सम...

भरतपुरमा एक अर्ब ८५ करोड लगानीमा ‘चितवन विजनेस कम्प्लेक्स’ सञ्चालनमा

भरतपुरमा एक अर्ब ८५ करोड लगानीमा ‘चितवन विजनेस कम्प्लेक्स’ सञ्चालनमा
भरतपुर–१०, विमानस्थल अगाडि एक अर्ब ८५ करोड रुपैयाँको लागतमा निर्माण भएको आधुनिक होटल र मार्टसहितको चितवन विजनेस कम्प्लेक्स औपचारिक रूपमा सञ्चालनमा आएको छ। कम्प्लेक्सभित्र चितवन बिजनेस कम्प्लेक्स होटल प्रालि (CVC) र सेल्सवेरी मार्टको ३८ औं शाखा एकसाथ सञ्चालनमा ल्याइएको हो। अध्यक्ष दिनुप बरालका अनुसार, होटल र भवन निर्माणका लागि एक अर्ब ६० करोड रुपैयाँ र मार्ट सञ्चालनका लागि २५ करोड रुपैयाँ लगानी गरिएको छ। उनले अन्तर्राष्ट्रिय ख्यातीप्राप्त Lords Hospitality सँग सहकार्यमा होटल...

पोल्ट्री क्षेत्रका प्रतिनिधिहरुसहितको बैठक सम्पन्न, बजार सुधारका उपायमा छलफल

पोल्ट्री क्षेत्रका प्रतिनिधिहरुसहितको बैठक सम्पन्न, बजार सुधारका उपायमा छलफल
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, बबरमहलको आयोजनामा  कुखुराको मासु तथा अण्डा कारोबारका क्रममा देखिएका समस्या र सुधारका अभ्यासबारे सरोकारवालासहितको बैठक सम्पन्न भएको छ। बैठकमा पोल्ट्री क्षेत्रसँग सरोकार राख्ने संघ–संस्था, विज्ञ तथा व्यवसायीहरुको उल्लेखनीय उपस्थिति थियो। सहभागीमध्ये नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, संघका संरक्षक एवं नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट, कृषि त...

२८२२ अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार

२८२२ अंकमा झर्‍यो सेयर बजार, बढ्यो कारोबार
काठमाडौं । सोमबार सेयर बजार २७.९० अंक घटेको छ । सो गिरावटपछि नेप्से २८२२ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि बजारले सकारात्मक लय समाते पनि ३२ मिनेटपछि ओरालो लाग्यो । ११ : ३२ बजे नेप्से परिसूचक २८७५ अंकसम्म पुगेको थियो । जुन कारोबारका क्रममा भएको अधिकतम अंक रह्यो । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५३ करोडको कारोबार भएकोमा आज १० अर्ब २१ करोडको भयो । ३० कम्पनीको मूल्य बढ्दा २२० को घट्यो । अधिकांश समूहका सूचक घटे । माइक्रोफाइनान्स र विकास बैंक समूह...

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । बिहिबार स्थिर रहेको सुनको मूल्य आज तोलामा ९०० रूपैयाँ बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रूपैयाँ तोकिएको छ । यो मूल्य हालसम्मकै उच्च मूल्य हो । हिजो छापालाल सुन १ लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो ।त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको २ हजार ३२५ रुपैयाँ कायम भएको महासङ्घले...

६३५ किमि रेन्ज दिने १ करोड २५ लाखको माइफा ७ सार्वजनिक

६३५ किमि रेन्ज दिने १ करोड २५ लाखको माइफा ७ सार्वजनिक
आजदेखि भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी एक्स्पोमा म्याक्स ब्रान्डको माइफा ७ एमपीभी विद्युतीय कार सार्वजनिक भएको छ।चर्चित चिनियाँ ग्रुप साइक मोटरको ब्रान्ड हो म्याक्स। प्रिमियम ब्रान्डमा गनिने म्याक्सले सार्वजनिक गरेको माइफा ७ को मूल्य नै १ करोड २५ लाख रुपैयाँ छ। केही समयअघि यही ब्रान्डको इटेरन ९ फोरह्विलर ईभी नेपालको मुस्ताङमा सार्वजनिक गरिएको थियो। इटेरनको मूल्य १ करोड ९ लाख ९९ हजार रुपैयाँ छ।आज सार्वजनिक माइफा ७ सातसिटे लक्जरी एमपीभी हो। यसको आधिकारिक वितरक हिमालय ...

चितवन उद्योग संघ, रत्ननगरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम

चितवन उद्योग संघ, रत्ननगरमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा गौतम
चितवन - चितवन उद्योग संघ, रत्ननगर समितिको नेतृत्व अब सुवासचन्द्र गौतमले सम्हाल्ने भएका छन्। संघको सातौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। रत्ननगर नगरपालिकाका उपप्रमुख यादव प्रसाद पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशन संघका तत्कालीन अध्यक्ष उमाकान्त पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। नवगठित कार्यसमितिमा उपाध्यक्षमा दीपक चापागाईं, विष्णु प्रसाद लामिछाने र माधव थपलिया चयन भएका छन्। सचिवमा शालिकराम बास्तोला, कोषाध्यक्षम...

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने

होटल सिराइचुलीले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने
चितवनको भरतपुरस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर (IPO) निष्कासन गर्ने भएको छ। विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र निर्देशनअनुसार नियामक निकायबाट आवश्यक स्वीकृति प्राप्त गरी कम्पनीले IPO जारी गर्न लागेको हो। कम्पनीले IPO निष्कासन तथा बिक्री व्यवस्थापनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ। भरतपुर महानगरपालिका–१० मा अवस्थित होटल सिराइचुली आधुनिक वास्तुकलाले निर्मित सुविधासम्प...