पीसीएल नर्सिङमा यसपालि प्रवेश परीक्षा नहुने, अनलाइन आवेदनबाटै छनोट प्रक्रिया
नर्सिङ क्षेत्रमा मध्यम स्तरको जनशक्ति उत्पादन गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले सञ्चालन गरिरहेको पीसीएल नर्सिङ (स्टार्फ नर्स) का लागि यस वर्ष प्रवेश परीक्षा नहुने भएको छ। योसँगै तीन वर्षे कोर्समा भर्ना पाउनका लागि देशभरिबाट प्रवेश परीक्षाका लागि काठमाडौँ आउनुपर्ने बाध्यता पनि हटेको छ।
परिषद्का सूचना अधिकारी एकराज अधिकारीले यस वर्ष प्रवेश परीक्षा नलिने र एसईईमा प्राप्त जीपीएका आधारमा विद्यार्थी छनोट गरिने जानकारी दिए।उनका अनुसार न...


