×

आर्थिक

चार दिनपछि बढ्यो सेयर बजार, हाइड्रोपावरको आकर्षण कायमै

चार दिनपछि बढ्यो सेयर बजार, हाइड्रोपावरको आकर्षण कायमै
काठमाडौं । लगातार घटेको चार कारोबार दिनपछि सोमबार सेयर बजार बढेको छ ।अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक २३‍.१९ अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६५३ अंकमा कायम भएको छ । बजार खुलेपछि आज दिनभर हरियो अंकमा रह्यो । बजार बढ्दा पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ६८ करोडको भयो । १९१ कम्पनीको मूल्य बढ्दा ५६ कम्पनीको घट्यो भने एउटाको स्थिर रह्यो । हाइड्रोपावर सेक्टरमा आज पनि लगानीकर्ताको आकर्षण देखिएको छ । अघिल्लो दिन सबैभन्दा ...

गण्डकीले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकीले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख डिल्लिराज भट्टले बुधबारको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा पोखराको ब्राण्डिङका लागि पोखरा जाऔँ, प्रकृति र संस्कृतिसँग रमाऔं तथा राउण्ड फेवा, भ्यू फेवा कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिने उल्लेख छ । त्यस्तै, गण्डकी प्रदेशको पर्यटन विकास र प्रवद्र्धन गर्न पर्यटकीय राजधानी घोषणा अध्ययन प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार...

आगामी वर्ष ४ खर्ब १७ अर्ब अनुदान तल्ला सरकारलाई, कुन स्थानीय तहमा कति ? (सूचीसहित)

आगामी वर्ष ४ खर्ब १७ अर्ब अनुदान तल्ला सरकारलाई, कुन स्थानीय तहमा कति ? (सूचीसहित)
काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ मा संघीय सरकारबाट स्थानीय र प्रदेश सरकारले ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख अनुदान पाउँदैछन् । यो चार प्रकारका अनुदानमा नाममा तल्लो सरकारमा जाने बजेट हो । अर्थ मन्त्रालयका अनुसार आगामी आवमा ७ प्रदेश सरकारले कुल ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ अनुदान पाउने छन् ।७५३ स्थानीय तहले भने ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने अर्थ मन्त्रालयले जनाएको छ । स्थानीय तहमध्ये महानगरपालिकामा ११ अर्ब ७५ करोड, उपमहानगरमा ११ अर्ब ३८ करोड, नगरपा...

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेको हो ।

‘भिजिट भिसा वैदेशिक रोजगारी विभागको सरोकारको विषय होइन’- महानिर्देशक भट्टराई

‘भिजिट भिसा वैदेशिक रोजगारी विभागको सरोकारको विषय होइन’- महानिर्देशक भट्टराई
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भ्रमण भिसामा विदेश जाने विषय श्रम मन्त्रालय र यसअन्तर्गतका निकायहरूको क्षेत्राधिकारभित्र नपर्ने स्पष्ट पारेका छन्। शुक्रबार विभागमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महानिर्देशक भट्टराईले भ्रमण भिसा लिएर विदेश जाने व्यक्तिहरूसँग मन्त्रालय वा मातहतका निकायको कुनै सम्बन्ध नरहने बताए। उनले भने, “भ्रमण भिसा अध्यागमन विभागको क्षेत्राधिकारभित्र पर्छ। हाम्रो मन्त्...

कर्मचारीको तलब १५ प्रतिशतसम्म बढ्ने सम्भावना

कर्मचारीको तलब १५ प्रतिशतसम्म बढ्ने सम्भावना
काठमाडौँ । सरकार कर्मचारीको तलब बढाउन बाध्य छ । आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशत तलब वृद्धि भएको थियो र निजामती सेवा ऐन, २०४९ अनुसार प्रत्येक तीन वर्षमा तलब पुनरावलोकन गर्नुपर्ने कानुनी व्यवस्थाले आगामी बजेटमा तलब वृद्धि गर्नु पर्ने देखिएको छ । ऐनको दफा २७ मा राजस्व वृद्धिदर, मूल्यवृद्धि र कुल दरबन्दीका आधारमा तलब, भत्ता पुनरावलोकन गर्नुपर्ने उल्लेख छ । मुख्यसचिवको अध्यक्षतामा गठित समितिले यी आधारमा पुनरावलोकन गर्छ, जसमा अर्थ र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहन्छ...

राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

राष्ट्र बैंकको १८ औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
काठमाडौं - नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाएको छ ।मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्यौल पनि रोकिएको छ ।साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि तत्कालका लागि टरेको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम ...

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा पौडेल
काठमाडौं । गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बसेको सिफारिस समितिले तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको हो ।जसमध्ये पहिलो नम्बरमा विश्व पौडेलको नाम छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आजै बिहान गभर्नरमा पौडेललाई नियुक्त गर्ने सहमति जुटेको थियो ।अहिले तीनजनाकै नाम लिएर अर्थमन्त्री विष्णु पौडेल मन्त्रिपरिषद् बैठकका लागि बालुवाटार पुगिसकेका छन् ।

विश्व पौडेल बन्ने भए गभर्नर

विश्व पौडेल बन्ने भए गभर्नर
काठमाडौं- विश्व पौडेल गभर्नर बन्ने भएका छन्।अर्थविद्समेत रहेका पौडेललाई गभर्नर बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखेका थिए।वैशाख २९ गते र आज गते बालुवाटारमा भएको कुराकानीमा सभापति देउवाले पौडेललाई गभर्नर बनाउन प्रस्ताव गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति जनाएका हुन्। ‘कांग्रेसले विश्व पौडेलको नाम दिएको छ, कांग्रेसले दिएकै नाममा सहमति भएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘सम्भवत आजै सिफारिस समितिबाट नाम सिफारिस...