टेरामक्स प्रकरण- कांग्रेस नेता मोहन बस्नेतसहित १६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरूद्ध मुद्दा दर्ता गरेको छ।
अख्तियारले बिहीबार पूर्वसञ्चार मन्त्री बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको ह...


