गैँडाकोटको पर्यटनमा फेरि चहलपहल: मौलाकाली केबलकार शनिबारदेखि सञ्चालन हुने
नवलपुर – जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते भएको आगजनी तथा तोडफोडका कारण दुई महिनाभन्दा बढी समयदेखि अवरुद्ध मौलाकाली केबलकार अब पुनः सञ्चालनमा आउने भएको छ। मौलाकाली केबलकार प्रालिले एक सूचना जारी गर्दै आवश्यक सबै प्राविधिक परीक्षण तथा मर्मत कार्य पूरा भएको हुँदा आउँदो शनिबारदेखि सर्वसाधारणका लागि केबलकार नियमित रूपमा सञ्चालनमा ल्याइने जानकारी दिएको छ।
गैँडाकोटस्थित मौलाकाली मन्दिरको मुख्य आकर्षण मानिने यो केबलकारका क्षतिग्रस्त उपकरणहरूको विस्तृत परीक्षण तथा मर्मतका लागि अष्ट...


