उवासंघ चितवन- सामूहिक समृद्धि र आर्थिक विकास मेरो संकल्प : ओली
चितवन-उद्योग वाणिज्य संघ चितवनको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र ओलीले संघलाई अझ सशक्त, पारदर्शी र सदस्य–मैत्री संस्थाको रूपमा रूपान्तरण गर्ने स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका छन्। सामूहिक लाभ, समावेशी नेतृत्व र चितवनको समग्र आर्थिक विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै ओली चुनावी मैदानमा उत्रिएका हुन्।
उम्मेदवारी घोषणा कार्यक्रममा ओलीले चितवनको व्यापार, उद्योग तथा सेवाक्षेत्रलाई संगठित र प्रतिस्पर्धी बनाउँदै स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने दीर्घकाली...


