विद्युत् महशुल अनलाइनबाट तिर्दा थप शुल्क लाग्ने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अनलाइनबाट महशुल भुक्तानी गर्दा थप सेवा शुल्क लाग्ने व्यवस्था गरेको छ । ५०० रुपैयाँसम्मको बिजुलीको महशुल भुक्तानी गर्दा शुल्क नलाग्ने तर, ५०१ रुपैयाँभन्दा माथि ५ लाखसम्मको बिल भुक्तानीमा प्रतिकारोबार ५ रुपैयाँ सेवा शुल्क लाग्ने प्रस्ताव गरेको हो ।
यसअघि प्राधिकरणले अनलाइन भुक्तानीमा कुनै पनि शुल्क लिन सेवा प्रदायकलाई अनुमति दिएको थिएन । तर, सेवा प्रदायकले यस्तो शुल्क उठाउन पाउनुपर्ने माग गर्दै आएका थिए ।
प्राधिकरणले अब भुक्तानी सेवा प...