काठमाडौं । तीन दिन लगातार ओरालो लागेको सुनचाँदीको मूल्य शुक्रबार उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर २ लाख ६२ हजार ५ सय रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि शुक्रबार बढेको छ। बिहीबार प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार ५ सय २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।





















उज्यालो खबर










