×

अन्तर्राष्ट्रिय/प्रबास

भारतका स्थलसेना प्रमुख नरवणे आइपुगे काठमाण्डौ (फलोअप)

भारतका स्थलसेना प्रमुख नरवणे आइपुगे काठमाण्डौ (फलोअप)
काठमाण्डौ – भारतका स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे काठमाण्डौ आइपुग्नुभएको छ । भारतीय वायु सेनाको विमानमार्फत उहाँ केहीबेरअघि काठमाण्डौ आइपुग्नुभएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा काठमाण्डौ आएका उहाँलाई मानार्थ प्रधानसेनापतिको दर्जा प्रदान गर्ने कार्यक्रमा रहेको छ । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ प्रधानसेनापतिको दर्जाबाट सम्मान गर्ने परम्परा रहँदै आएको छ । भ्रमणको पहिलो दिन आजका लागि भने कुनै औपचारिक कार्यक्रम तय नभएको ...

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदै, ट्रम्पले चुनावी प्रचारमा बाइडेनले भन्दा ४ करोड ३० लाख डलर बढी खर्च गरेको अनुमान

अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदै, ट्रम्पले चुनावी प्रचारमा बाइडेनले भन्दा ४ करोड ३० लाख डलर बढी खर्च गरेको अनुमान
काठमाण्डौ – अमेरिकी राष्ट्रपतीय चुनावको मतदान सकिँदैछ । अन्तिम चरणमा रहेको मतदानमा पनि लाखौँ अमेरीकी मतदाताले मतदान गरिरहेका छन् । अब केही समयभित्र मतदान केन्द्रहरु बन्द हुने र नतिजा आउन सुरु हुने बिबिसीले जनाएको छ । कोरोना महामारीका कारण यसपटक मतदानको अघिल्लो दिन अस्ति १० करोड मतदाताले हुलाकी माध्यमबाट मतदान गरिसकेका छन् । ठूलो संख्याका मतदाताले हुलाकी माध्यमबाट मतदान गरेकाले चुनावको अन्तिम नतिजा आउन केही समय लाग्ने अनुमान गरिएको छ । चुनावअघि भएका सर्वेक्षणले जो बाइडेन...

शक्तिशाली समुद्री आँधीका कारण फिलिपिन्समा १० जनाको मृत्यु

शक्तिशाली समुद्री आँधीका कारण फिलिपिन्समा १० जनाको मृत्यु
कात्तिक ।  फिलिपिन्समा शक्तिशाली समुद्री आँधीका कारण १० जनाको ज्यान गएको छ ।तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । घर तथा भवनहरु भत्किएका छन् । यो यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको छ । प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको बीबीसीको खबरमा उल्लेख छ । अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् । आँधी आउनुभन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार...

बेलायतमा फेरी लकडाउन घोषणा

बेलायतमा फेरी लकडाउन घोषणा
काठमाडौं । बेलायतले दोस्रो पटक देशव्‍यापी बन्दीबन्दी ९लकडाउन० घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर फैलिँदै गएपछि आगामी विहीबारदेखि चार हप्ताका लागि बन्दाबन्दी घोषणा गरिएको हो । यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो । प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द नहुने जानकारी दिए । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द ...

अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि

अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना पुष्टि
काठमाण्डौ । अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।वल्ड्रो मिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ । योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ । ६० लाख २४ हजार भने निको भएका छन् ।

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन

चिनियाँ फोन शाओमीले एप्पललाई पछि पार्यो, यी हुन् सर्वाधिक लोकप्रिय स्मार्टफोन
काठमाडौं । इन्टरनेशनल डाटा कर्पोरेसनले चालु वर्ष सन् २०२० को तेश्रो त्रैमासिक अवधिमा विश्व बजारमा बिक्री भएका स्मार्टफोनसँग सम्बन्धित रिपोर्ट सार्वजनिक गरेको छ ।जुलाई देखि  सेप्टेम्बर सम्मको अवधिमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनीको पहिलो स्थानमा सामसुङले पहिलो स्थान कायमै राखेको छ । विश्वकै सबैभन्दा ठूलो स्मार्टफोन कम्पनीको रुपमा सामसुङले आफ्नो स्थान सुरक्षित गरिरहँदा चिनियाँ स्मार्टफोन कम्पनी हुवावेले पनि आफ्नो दोश्रो स्थान कायमै राख्न सफल भएको छ । आईडीसीक...

भारतमा ८० लाख नाघे कोरोना संक्रमित

भारतमा ८० लाख नाघे कोरोना संक्रमित
काठमाडौं । भारतमा कोरोना भाइरस ९कोभिड–१९० बाट संक्रमित हुने मानिसको संख्या ८० लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८० लाख ४० हजार २०३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४९ हजार ८८१ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख २० हजार ५२७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाबाट ५१७ जनाको मृत्यु भएको हो । अहिलेसम्...

अफगानिस्तानको एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु

अफगानिस्तानको एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण, १८ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको एक निजी शैक्षिक संस्थाको भवनमा भएको आत्मघाती आक्रमणमा १८ जनाको मृत्यु भएको छ । आक्रमणमा धेरै जना घाइते भएका छन् । शिया मुसलमानको बहुल क्षेत्र दश्त–ए–बार्ची भन्ने स्थानको भवनलाई लक्षित गरी शनिबार आक्रमण भएको हो । गृहमन्त्रालयका प्रवक्ता तारिक एरियनले विज्ञप्ति जारी गर्दै एक आत्मघाती व्यक्ति भवनको भित्र जाने कोसिस गरेका थिए । सुरक्षाकर्मीहरुले उसलाई चिनेर रोके । त्यसपछि त्यो व्यक्तिले भवनको ढोकामै विष्फोट गराएको थियो । इस्लामिक स्टेटले सामाजिक सन्जाल...

भारतका केन्द्रीय मन्त्री पासवानकाे निधन

भारतका केन्द्रीय मन्त्री पासवानकाे निधन
काठमाण्डाै - भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको ७४ वर्षको उमेरमा निधन भएको छ ।केही समयअघि मात्रै मुटुको अप्रेसन गराउनुभएका मन्त्री पासवानको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री हुनुहुन्थ्यो । ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय पासवान भारतका प्रमुख दलित नेता मानिनुहुन्थ्यो । पासवान ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य हुनुहुन्थ्यो  । मन्...