अफ्रिकी मुलुक कङ्गोको सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० जनाको मृत्यु
किन्शासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रहेको एउटा सुन खानीमा पहिरो जाँदा कम्तीमा ५० व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीले शनिबार बताएका छन्न । धेरै दिनको भारी वर्षापछि पहिरोको कारण दक्षिण किवु प्रान्तको कमितुगा सहरमा शुक्रबार भएको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।
प्रान्तीय गभर्नर थेओ एनग्वाबिड्जे कासीले शनिबार बिहान एक विज्ञप्तिमार्फत् घटनाको पुष्टि गरे। उनले भने, ुपीडितहरूमध्ये केही बालबालिका र अधिकांश युवाहरु रहेका छन्। प्रान्तीय प्रशा...


