अष्ट्रेलिया । प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाले त्यहाँ रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग पुुराउने उदेश्यले विद्यार्थीहरुको रुची अनुसारको तालिम प्रदान गरेको छ । एडीलेडमा रहेका नेपाली विद्यार्थिहरुलाई विभिन्न समुहमा वर्गिकरण गरी उनिहरुको आवश्यकता र रुचीलाई अध्ययन गरी तालिम प्रदान गरेको हो ।
विद्यार्थीहरुका निवेदनलाई आधार मानेर भविश्यमा समेत सहज रुपमा रोजगारी प्राप्त गर्न सक्ने क्षेत्रहरुको पहिचान गरि तालिम प्रदान गरेको प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाका अध्यक्ष हेमराज खनालले जानकारी दिनुभयो ।
Barista Training, Responsible Service of Alcohol Training ,White Card Training , Job Hunting info Session,/ Basic Cleaning Training गरी पाँच विधामा तालिम दिइएको खनालले बताउनुभयो ।
नेपालका विभिन्न जिल्लाबाट राजगारीको सीलसीलामा एडीलेडमा पुगेका १८६ जना विद्यार्थीहरुलाई निशुल्क तालिम प्रदान गरिएको प्रवासी नेपाली एकता मञ्चका सदस्य उत्तम अधिकारीले जानकारी दिनुुभयो ।
बाँकि रहेका आवेदकहरुको हकमा एनआरएन दक्षिण अष्ट्रेलिया संग सहकार्य गर्ने र सो का लागी कार्यदल समेत गठन गरेको प्रवासी नेपाली एकता मन्च दक्षिण अष्ट्रेलियाले जनाएको छ ।