×

अन्तर्राष्ट्रिय/प्रबास

टिकटकका सीईओले दिए राजीनामा

टिकटकका सीईओले दिए राजीनामा
काठमाडौं । सर्ट भिडियो एप टिकटकका सीईओ केभिन मेयरले पदबाट राजीनामा दिएका छन् । पछिल्लो समय अमेरिकामा टिकटकबारे देखिएको विवाद चलिरहेको समयमा बिहीबार टिकटकका सीईओको राजीनामा आएको हो । पछिल्लो केही समययता टिकटकबारे अमेरिकामा चर्चा तथा चासो चलिरहेको छ । अमेरिकाले टिकटकमा राष्ट्रिय सुरक्षा जोखिम रहेको भन्दै अमेरिकामा यसको प्रयोगमा रोक लगाउने घोषणा भइसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनको समय दिँदै उक्त समयमा अमेरिकी कम्पनीलाई बिक्री नगरे अमेरिका टिकटकमाथि प्र...

विश्वमा कोराेना भाईरस स‌ंक्रमितको संख्या २ कराेड ३८ लाख नाघ्यो

विश्वमा कोराेना भाईरस स‌ंक्रमितको संख्या २ कराेड ३८ लाख नाघ्यो
जेनेभा, स्वीट्जरल्याण्ड भदौ ९- विश्वमा दुई करोड ३८ लाख ३० हजार २६० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख १७ हजार ३६८ जना कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सङक्रमित मध्ये हालसम्म एक करोड ६३ लाख ७२ हजार ९६२ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६६ लाख ३९ हजार ९३० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको ...

राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको डोनाल्ड ट्रम्पकाे दाबी

राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको डोनाल्ड ट्रम्पकाे दाबी
काठमाडौँ,भदौं ९ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा घोषित राष्ट्रपतीय निर्वाचनमा धाँधली हुन लागेको दाबी गरेका छन् । रिपब्लिकन दलको राष्ट्रिय भेलामा ट्रम्पले विपक्षी डेमोक्र्याटहरू नोभेम्बरको चुनाव धाँधली गर्न लागिपरेको दाबी गरेका हुन्। दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै सम्बोधन गरेका ट्रम्पले हुलाकमार्फत् गरिने मतदान दुरुपयोग हुने दाबी गरेका छन् । तर, विपक्षीहरूले कसरी धाँधली गर्छन् भन्नेमा...

फ्रान्सका स्वास्थ्यमन्त्रीले भने, ‘परीक्षणको दायरा बढाएर नभई, लकडाउन खुकुलोले संक्रमित बढायो’

फ्रान्सका स्वास्थ्यमन्त्रीले भने, ‘परीक्षणको दायरा बढाएर नभई, लकडाउन खुकुलोले संक्रमित बढायो’
भदौ ८, २०७७ एजेन्सी फ्रान्सका स्वास्थ्यमन्त्रीले कोरोनाभाइरस संक्रमितको संख्या बढेका कारण देशमा संकटको स्थिती भएको बताएका छन् ।जर्नल डू डिमांश पत्रिकालाई दिएको अन्तरवार्तामा ओलिवियर वेवांले परीक्षणको दायरा बढाएका कारण संक्रमितको संख्या धेरै देखिएको होइन भन्ने अभिव्यक्ति दिएका छन् ।उनले फ्रान्समा कोरोनाको प्रकोप कहिले पनि नरोकिएको बताएका छन् ।उनले लकडाउनका कारण संक्रमितको संख्या नियन्त्रणमा रहेको र खुकुलो बनाएपछि संख्यामा वृद्धि हुन थालेको पन...

महात्मा गान्धीको चस्मा ४ करोड ८ लाखमा विक्री भयो

महात्मा गान्धीको चस्मा ४ करोड ८ लाखमा विक्री भयो
एजेन्सी  लण्डन : भारतीय स्वतन्‍त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ ।बेलायती लिलाम गर्ने एक कम्पनीले गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। बीबीसीमा प्रकाशित समाचार अनुसार उक्त चस्मा लगभग ५० वर्षसम्म दराजभित्रै थन्किएर र...

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या आठ लाख नाघ्यो
एजेन्सी जेनेभा, भदौ ७ विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या आठ लाख नाघेको छ।रोयटर्सले उल्लेख गरेअनुसार अमेरिका, ब्राजिल र भारतमा दैनिक ज्यान गुमाउनेको संख्या सबैभन्दा उच्च छ।विगत दुई साताको तथ्यांक विश्लेषण गर्दा प्रत्येक २४ घण्टामा औसत पाँच हजार नौ सय मानिसको ज्यान गइरहेको छ।यसअनुसार प्रत्येक एक घण्टामा दुई सय ४६ जना र प्रत्येक १५ सेकेन्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ। मृत्युदर स्थिर छ। १७ दिनम...

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता
भदौ ६, २०७७ रासस नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको सो दूतावासले जानकारी दिएको छ । राजदूत शाक्यले नेपालमा ‘लर्न एण्ड अर्न’ प्रो...

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह

स्वास्थ्य सम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपति भण्डारीको आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा प्रवद्र्धन गर्ने गरी चाड मनाउन आग्रह गर्नुभएको हो । “यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरू...

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना

अष्ट्रेलियाकी सांसद जिङ लीले तीजको अवसरमा साडीमै सजिएर दिइन् शुभकामना
हिन्दू महिलाहरूको महान चाड तीजको अवसरमा साउथ अष्ट्रेलियाकी सांसद जिङ लीले साडीमा सजिएर शुभकामना दिनुभएको छ । रातो साडीमा सजिएको फोटो फेसबुकमा पोष्ट गर्दै सांसद लीले समस्त हिन्दु नारीलाई तीजको शुभकामना दिनुभएको हो । आफ्नो शुभकामना सन्देशमा लीले लेख्नुभएको छ – ‘तीज नेपाल र भारतमा मनाईने एक महत्वपूर्ण पर्व हो । यो पर्व विवाहित नारीहरुका लागि निकै महत्वपूर्ण मानिन्छ । शिव र पार्वतीको मिलनको सम्झनामा यो पर्व मनाईन्छ ।’ तीजकै अवसरमा अष्ट्रेलिया समुदायको महत्वपूर्ण अंगका रुपमा...