Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

काठमाण्डौ । अमेरिकामा एकैदिन एक लाखभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।वल्ड्रो मिटरका अनुसार गएको २४ घण्टामा अमेरिकामा मात्रै एक लाख एक हजारभन्दा धेरैमा कोरोना पुष्टि भएको छ ।

योसँगै अमेरिकामा सङ्क्रमितको संख्या ९३ लाख १६ हजार नाघेको छ । यस्तै थप ९ सय ८८ जनाको ज्यान गएसँगै कोरोनाका कारण अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या २ लाख ३५ हजार नाघेको छ । ६० लाख २४ हजार भने निको भएका छन् ।

तपाईको प्रतिक्रिया