×

अन्तर्राष्ट्रिय/प्रबास

कोरोनाविरुद्धको खोप ६५ वर्षभन्दा माथिका मानिसमा पनि परीक्षण, ९४ प्रतिशत सफल भएको दाबी

कोरोनाविरुद्धको खोप ६५ वर्षभन्दा माथिका मानिसमा पनि परीक्षण, ९४ प्रतिशत सफल भएको दाबी
काठमाण्डौ। फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको छ । अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो चरणको परीक्षणका क्रममा यो खोपले सबै उमेर समूहका मानिसमा एक समान असर देखा परेको कम्पनीले जनाएको छ। दुवै कम्पनीले अब खोपको आपतकालिन प्रयोगका लागि अमेरिकामा आवेदन गर्ने जनाएका बीबीसीले खबरमा उल्लेख । विश्वका ४१ हजार मानिसमा परीक्षण गरिसकेको कम्पनीको दाबी छ । अघ...

कोरोना भाइरस : फ्रान्समा आउँदो डिसेम्बरसम्म लकडाउन गरिने

कोरोना भाइरस : फ्रान्समा आउँदो डिसेम्बरसम्म लकडाउन गरिने
काठमाण्डौ। फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आउँदो डिसेम्बर महिनासम्म गरिने भएको छ । यो लकडाउनको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सञ्चालन गर्न नपाइने फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले बताउनुभएको छ । केही समयअघि फ्रान्सको सरकारले सङ्क्रमितहरु पहिलेको तुलनामा निकैनै बढ्न थालेपछि लकडाउन गरेको हो । प्रधानमन्त्री क्यास्टेस्कले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकैनै...

युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण

युक्रेनी राष्ट्रपतिलाई कोरोना सङ्क्रमण
काठमाण्डौ – युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गएको मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थि...

यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने

यूएईमा अब अविवाहित जोडी एकसाथ बस्न पाउने
काठमाण्डौ - संयुक्त अरब इमिरेट्स (यूएई) मा अब अविवाहित जोडी एकसाथ बस्न पाउने भएका छन् । यूएईले आफ्नो कानुन संशाेधनगर्दै अब अविवाहित जोडी साथमा बस्नका लागि कानुनी रुपमा नै मान्यता दिएको हो । लामो समयदेखि यूएईमा लिभिङ टुगेदरलाई अपराध मानिन्थ्यो । नागरिक र प्रवासी नागरिकलाई सकारात्मक र अनुकूल बनाउनका लागि कानुनमा संशाेधन गरिएको यूएई सरकारले जनाएको छ । यूएईले केही हप्ता पहिला इजराइलसँग सम्बन्ध सामान्य बनाएको थियो । सम्बन्ध सामान्य बनाउनका लागि ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेक...

रुस, अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता

रुस, अर्मेनिया र अजरबैजानबीच शान्ति सम्झौता
काठमाण्डौ – लामो समयदेखि भइरहेको सङ्घर्ष रोक्न रुस, अर्मेनिया र अजरबैजानबीच सहमति भएको छ । अजरबैजान र आर्मीनीयाबीच ६ हप्तादेखि चलेको युद्धपछि सहमति भएको हो । नगोर्नो काराबाख क्षेत्रलाई लिएर लामो समयदेखि यी दुई देशबीच विवाद छ । विवादित यो भूमि अन्तर्राष्ट्रिय रूपमा अजरबैजानको मानिन्छ तर त्यो क्षेत्र सन् १९९४ देखि अर्मेनियाको जातीय समूहको नियन्त्रणमा छ । नयाँ सम्झौताअनुसार युद्धका क्रममा नगोर्नो काराबाख क्षेत्रमा आफ्नो नियन्त्रणमा लिन सफल स्थान अजरबैजानले प्राप्त गर्नेछ ।...

अमेरिकाको ४६ औ राष्ट्रपतिमा जो बाइडन

अमेरिकाको ४६ औ  राष्ट्रपतिमा जो बाइडन
काठमाडौं । जो बाइडन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन् । बीबीसीको अनुमान अनुसार महत्वपूर्ण मानिएको पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेका छन् । जसले बाइडनलाई ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ । बीबीसी, न्यूयोर्क टाइम्स, फक्स न्यूज लगायतले गरेको यो अनुमान ती राज्यहरुको परिणाममा आधारित छ, जह...

अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा जो बाइडेनको अग्रता कायमै

अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा जो बाइडेनको अग्रता कायमै
काठमाण्डौ । अमेरिकामा भएको राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनको अग्रता कायमै छ । दुई उम्मेदवार डेमोक्रेटिक पार्टीका जो बाइडेन र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा छ । जित नजिक पुग्नुभएका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले इतिहासमै सबैभन्दा धेरै लोकप्रिय मत पाउनु भएको छ । उहाँले पूर्व राष्ट्रपति बाराक ओबामाको रेकर्डलाई पनि तोडेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । सन् २००८ मा बारा...

अमेरिकी राष्ट्रपतिको चुनावमा बाइडेन जित नजिक

अमेरिकी राष्ट्रपतिको चुनावमा बाइडेन जित नजिक
काठमाण्डौ । अमेरिकामा राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा दुई उम्मेदवारबीच प्रतिस्पर्धा कायमै छ । बाइडेन जित नजिक पुग्नुभएको छ । राष्ट्रपतिका लागि आवश्यक पर्ने २ सय ७० इलेक्टोरल मतमा बाइडेन ६ मतले मात्रै पछि हुनुहुन्छ । पछिल्लो परिणाम अनुसार डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले २ सय ६४ र अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गर्नुभएको छ । अमेरिकाका ५० राज्यमध्ये ४३ वटा राज्यको मत परिणाम आइसकेको छ । बाइडेनले कुनै एक...

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता

टेक्सासमा ट्रम्पलाई महत्वपूर्ण सफलता
काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनमाथि टेक्सासमा महत्वपूर्ण जित हासिल गरेका छन् । राष्ट्रपतिको दौडमा निर्णायक मानिएको यो राज्यमा जित हात पारेसँगै ट्रम्पले अहिलेसम्म २१२ इलेक्टोरल कलेज भोट पाएका छन् । यो राज्यमा उनले ३८ इलेक्टोरल भोट पाएका हुन् । टेक्सासमा ९३ प्रतिशत मत गणना सकिँदा ट्रम्पले ५२ दशमलव २ प्रतिशत भोट पाएका हुन् । बाइडनले भने ४६ दशमलव ३ प्रतिशत मत ल्याएका थिए । अहिलेसम्मको मतगणनाको न...