×

अन्तर्राष्ट्रिय/प्रबास

नाइजेरियामा ११० निर्दोष किसानको बर्बर हत्या

नाइजेरियामा ११० निर्दोष किसानको बर्बर हत्या
काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरीको नतिजा जेरे क्षेत्रको ग्रामीण कोशोबे र अन्य ग्रामीण क्षेत्रका किसानको हत्या गरिएको हो । नाईजेरियास्थित संयुक्त राष्ट्रसंघका मानविय सहायता संयोजक एडवार्ड कालोनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मोटरसाइकलमा आएका हतियारधारीले आफ्नो खेतमा बाली थन्क्याउने काम गरिरहेका पुरुष र महिलाहरुमाथि ब...

अमेरिकाको लस एन्जलसमा तीन हप्तासम्म घर बाहिर निस्कन रोक

अमेरिकाको लस एन्जलसमा तीन हप्तासम्म घर बाहिर निस्कन रोक
काठमाडौं । अमेरिकाको लस एन्जलसमा घरमै बस्नुपर्ने लगायतका प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि स्थानीय सरकारले शुक्रबार प्रतिवन्धात्मक व्यवस्थाहरुको घोषणा गरेको हो । देशकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको ठाउँको रुपमा चिनिएको लस एन्जलसमा आम मानिसलाई भिडभाड गर्न रोक लगाइएको छ । भिडभाड हुने व्यापार व्यवसाय पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ भने अन्य व्यापार व्यवसायका लागि उच्च सतर्कता अपनाउनु पर्ने व्यवस्था गरिएको छ । तीन हप्ताका ...

संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड

संसारको सबैभन्दा महँगो ब्याग सार्वजनिक, मूल्य ८३ करोड
काठमाडौं  । इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५‍.३ मिलियन पाउन्ड ९८३ करोड रुपैयाँ हो । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो । लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ । चम्किलो देखिने यो ब्यागमा १३० क्यारेट हिरा र १० वटा सेतो सुनको पुतली जोडिएको छ । समुद्र प्रदुषणबारे जागरुकता बढाउनका लागि ब्यागको निर्माण ...

म्याराडोनाको अन्तिम बिदाइ 

म्याराडोनाको अन्तिम बिदाइ 
फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ ।आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए। बिहीवार गरिएको निजी समारोहमा भने केवल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी थिए। ठूलो सम्मान तर त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो। कैयन् मानिसहरू रोएका देखिन्थे भने कैयन्ले हावामा चुम्बन गरेर उनको स्मरण गरेका थिए। उनको पार्थिव शरीर राखिएको शव...

भारतमा कृषि कानुनको विरोधमा प्रदर्शन

भारतमा कृषि कानुनको विरोधमा प्रदर्शन
काठमाडौं । भारतको पञ्जाब र हरियाणामा केन्द्रीय सरकारले ल्याएको कृषिसँग सम्बन्धित तीन कानुनको विषयलाई लिएर किसानहरुले विरोध प्रदर्शन गरेका छन् । भारतमा गत सेप्टेम्बर महिनामा पारित भएको केन्द्र सरकारको तीन कृषि कानुनको भारतभरका किसानहरुले विरोध गर्दै आएका छन् । त्यसका साथै भारतको विपक्षी पार्टीले पनि यस विषयमा गम्भीर असन्तुष्टि जनाउँदै आएको छ । भारतले अहिले ल्याएको कानुनको सहयोगमा भारतको कृषि क्षेत्र पनि पूँजिपति वा कर्पोरेट घरानाको हातमा जाने भन्दै किसानहरुले त्यसको विरोध ग...

आज नेपाल आउँदै भारतीय विदेश सचिव

आज नेपाल आउँदै भारतीय विदेश सचिव
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला आज नेपाल आउँदैछन्। दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार नेपाल आउने कार्यक्रम छ।बिहान ११ बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ। श्रींगला विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स ९एआइडिआइए० ले गर्ने कार्यक्रममा पनि सहभागी हुन...

अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिइने

अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिइने
काठमाण्डौ ।अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ । कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने जानकारी दिनुभएको बीबीसीले जनाएको छ । डाक्टर सलोइले खोपको आपतकालीन प्रयोगका लागि स्वीकृति मिलेको २४ घण्टाभित्र खोप दिन सुरु गरिने जानकारी दिनुभएको हो । अमेरिकामा कोेरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थामा डाक्टर सलोइको य...

काबुलमा २३ रकेट आक्रमण, ८ जनाको मृत्यु

काबुलमा २३ रकेट आक्रमण, ८ जनाको मृत्यु
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको रकेट आक्रमणमा आठ जनाको मृत्यु भएको छ ।आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका सरकारी अधिकारीहरूले बताएका छन् ।प्रारम्भिक जानकारी अनुसार आक्रमणबाट आठको मृत्यु भएको र अन्य ३१ जना घाइते भएका छन् । अफगानी गृह प्रशासनले आक्रमणमा तालिवान समूहको संलग्नता रहेको आरोप लगाएको छ ।गृहमन्त्रालयका प्रवक्ता तारिक एरियानले आक्रमण तालिवान समूहले गराएको सूचना सरकारले पाएको बताउँदै घाइते सबैलाई सरकारले उपचारको व्यवस्था गर्ने बताए ।

भारतको अहमदाबादमा आजदेखि रातमा कर्फ्यु

भारतको अहमदाबादमा आजदेखि रातमा कर्फ्यु
काठमाण्डौ। भारतको अहमदाबादमा आजदेखि रातको समयमा कर्फ्यु लगाइने भएको छ । अहमदाबादमा कोरोना सङ्क्रमण बढ्दै गएकाले गुजरात सरकारले रातको समयमा कर्फ्यु लगाउने निर्णय गरेको समाचार एजेन्सी पीटीआईले जनाएको छ । अहमदाबाद गुजरात राज्यको सबैभन्दा ठूलो सहर हो । कर्फ्यु राति नौ बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ । कर्फ्यु कहिलेसम्म लागू हुन्छ भन्नेबारेमा खुलाइएको छैन । अहमदाबादमा अहिलेसम्म ४६ हजारभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । गुजरातको स्वास्थ्य मन्त्रालयका अनुसार गुजरातमा कोरोना...