×

कात्तिक ।  फिलिपिन्समा शक्तिशाली समुद्री आँधीका कारण १० जनाको ज्यान गएको छ ।तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको छ । घर तथा भवनहरु भत्किएका छन् । यो यसवर्षकै सबैभन्दा ठूलो समुद्री आँधी मानिएको छ । प्रतिघण्टा २ सय २५ किलोमिटरको गतिमा हावा र भारी वर्षा भएको बीबीसीको खबरमा उल्लेख छ ।

अहिले बिस्तारै आँधी कमजोर बनेको भए पनि अझै ठूलो आँधी र वर्षा हुनसक्ने चेतावनी मौसमविद्हरुले दिएका छन् । आँधी आउनुभन्दा पहिला फिलिपिन्सले १० लाख मानिसहरुलाई उद्धार गर्नु आवश्यक रहेको बताएको थियो । तर कोरोना भाइरसको सङक्रमण जोखिम पनि रहेकाले उद्धारकार्यमा कठिनाइ भइरहेको उद्धारकर्ताहरुले बताएका छन् ।

सन् २०१३ मा आएको हैयान समुद्री आँधीपछिको गोनी फिलिपिन्सको लागि सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । हैयान आँधीको कारण फिलिपिन्समा ६ हजारभन्दा धेरैको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया