×

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि देखि विभूति (भष्म), तिलक र प्रसाद वितरण गरिने भएको छ ।

यज्ञको पूर्णाहुतिसँगै भष्म, तिलक र प्रसाद वितरण गर्ने कार्यक्रम राखिएको थियो । तर लामो समयको हवन कार्यले तातो भएका कारण भोलि देखि भष्म, तिलक र प्रसाद भोलि र पर्सी वितरण गर्न लागिएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

त्यसै गरी हवन कुण्डमा रहेका इट्टा पनि वितरण गरिने भएको छ । उनका अनुसार १ सय रुपैयाँ तिरेर हवन कुण्डमा रहेका इट्टा पनि घरमा लान पाइने व्यवस्था रहेको छ । त्यसै गरी कोटिहोममा रहेका जल सहितको कलश पनि वितरण भइरहेको छ ।

त्यसै गरी भोलि राष्ट्रिय भजन प्रतियोगिताको पुरस्कार वितरण गरिने भएको छ । कोटिहोममा भएको राष्ट्रिय भजन प्रतियोगितामा विजेता समूहलाई भोलि शुक्रवार पुरस्कार वितरण गरिने कार्यक्रम रहेको महायज्ञ प्रचार प्रसार समिति संयोजक लेखराज ढकालले जानकारी दिए ।

प्रतियोगितामा देविस्थान भजन समूह पोखरा–२५ हेमजा प्रथम, माछापुच्छ«े सेवा समाज पोखरा–२५ हेमजा द्वितीय, बालन एवम् कला संस्कृति संरक्षण प्रतिष्ठान पोखरा–१७ तृतीय, राधाकृष्ण भजन समूह सैन मैना र भद्रकाली खैँजडी भजन समूह सान्त्वना भएका छन् ।

त्यसै गरी धर्मोदय दश अवतार भजन समूह पाल्पा रामपुर उत्कृष्ट झाँकी, भक्ति मार्ग आध्यात्मिक कलाकार सङ्घ उत्कृष्ट अभिनय, मातृकेश्वर एकता भजन समूह पोखरा–२५ हेमजा उत्कृष्ट शब्द संयोजन, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान कालिका मन्दिर बागलुङ उत्कृष्ट नृत्य, हरिहर भजन समूह स्याङ्जा पुतली बजार उत्कृष्ट प्रस्तुति घोषित भएका थिए ।

तपाईको प्रतिक्रिया