×

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा सोमबार यज्ञको पूर्णाहुति भएको छ । चर्चित धर्मगुरु कालिदास वावा (काली बाबा) ले यज्ञको पूर्णाहुति गरेका हुन् ।

अमेरिकामा रहेका काली बाबा अमेरिकाबाट दिल्ली हुँदै काठमाण्डौं सम्मको लामो यात्रा गरेर यज्ञको पूर्णाहुति भएको महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले जानकारी दिए ।

‘यज्ञको पूर्णाहुति कसबाट गर्ने भन्ने भएको थियो । समय छोटो थियो तर यति लामो यात्र गरेर यज्ञ पूर्णाहुति गर्न आउनुभयो यहाँ प्रति आभारी छौ’ उनले भने, ‘काली बाबाको कोटिहोम उपस्थिति यज्ञ प्रवित्र वनेको छ ।’

यज्ञको पूर्णाहुति गर्न आएका काली बाबाले महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजलाई यज्ञ संम्राटको उपमा दिए । ‘यति ठूलो कोटिहोम न हिजो भयो न भोलि हुन्छ त्यो हिम्मत साथ बालयोगेश्वर गर्नुभयो’ उनले भने ‘यज्ञ संम्राट यज्ञ महापुरुषको रूपमा स्थापित हजुरलाई म कोटि कोटि नमन गर्दछु ।

यज्ञको पूर्णाहुति गरिएसँगै होमन लगायतका पाठ परायणका सम्पूर्ण कार्य आज देखि नै समापन भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकाललाई जानकारी दिए । उनका अनुसार कोटीहोममा सहभागी भएका चार सय बढी ब्राम्हणलाई पनि सम्मानका साथ आज नै बिदाइ गरिएको छ । साथै व्रतबन्ध, चौरासी पूजासहित अन्य सम्पूर्ण कर्म पनि आज नै समापन भएको छ ।

गते महिना वैशाख १९ गते बिहान ६ बजेर ४५ मिनेटमा विधिवत् रूपमा अग्नि मन्थन, ७ बजेर १५ मिनेटमा यज्ञ कुण्डमा अग्नि प्रवेशे, ७ बजेर १९ मिनेटमा अग्निमा समिधा दान र ८ बजेर ५ मिनेटमा अग्नि कुण्डमा आहुति प्रदान गरी सुरु भएको हवन कुण्डको आज पूर्णाहुति गरिएको हो ।

 

तपाईको प्रतिक्रिया