पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा मंगलबार महानायक राजेश हमाल आउने भएका छन् ।कोटिहोममापोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति भने उल्लेख्य रहेको छ । कोटिहोममा साधु सन्त, कथाव्यास तथा चर्चित कलाकार आउने भएकोले महायज्ञ भक्तजनमय भएको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कोटिहोममा कथा वाचन गरिहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोषाकमा कथा वाचन गरिन् । आफु जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रादाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक साँस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन् । उनी मखमल र भेलभेटको चोलो, घलेक, कटनको लुंगी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लागएर पाण्डलमा आएका थिइन् ।
काठमाण्डौ बाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा। तोसिमा कार्कीले कोटिहोम र महायज्ञका संकल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंशा गरिन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्रयाउन ठूलो मद्दत मिल्ने बताईन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दशर्न गरेका थिए ।



उज्यालो खबर




