काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोद प्रकाश सिंह अवकाश भएका छन्।निजामती सेवामा ३८ वर्षे यात्रा पूरा गरेका सिंह ५८ वर्षे उमेरहदका कारण बुधवारदेखि अनिवार्य अवकाशमा गएका हुन्। २०७९ असार ६ गते सचिवमा बढुवा भएका उनले २ वर्ष, १० महिना र १८ दिनसम्म सचिवको भूमिका निर्वाह गरे।
सचिव भएपछि उनले कोशी प्रदेशको प्रमुख सचिव, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र महालेखा नियन्त्रकको जिम्मेवारी सम्हालेका थिए।उनको अवकाशसँगै एक सचिव पद रिक्त भएको छ।



उज्यालो खबर




