गैँडाकोट – सम्बन्धन प्राप्त गरेको पहिलो वर्षमै गैँडाकोटको वेष्ट्रन एडभान्स कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टमा विद्यार्थीहरुको आर्कषण बढेको छ ।सुदुरपश्चिम विश्वविद्यालयबाट मान्यता प्राप्त वेष्ट्रन कलेजमा विद्यार्थीहरुको आर्कषण बढेको हो । कलेजका प्रबन्ध निर्देशक तथा प्राचार्य ई. राजन सापकोटाले बिबिए र बीई सिभिल विद्यार्थीहरुको पठापाठन सुरु भैसकेको बताउनुभयो । कलेजले विहानी शत्रमा पढाई सुरु गरिसेको उहाँले बताउनुभयो ।
बिबिएमा ३० जना र बिई सिभिलमा ४८ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । बिई सिभिल इन्जिनियरिङमा जाँच दिएका ६९ जना विद्यार्थीहरु मध्ये ५७ जना पास भएको र कलेजले लिएको सम्बन्धन अनुसार ४८ जना विद्यार्थीहरु भर्ना भएका थिए ।शान्त एवंम् शैक्षिक बाताबरण, आवश्यक पूर्ण भौतिक पूर्वाधार, पूर्ण सरकारी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज लगायतका विविध कारणले कलेज विद्यार्थीहरुको रोजाईमा परेको हो ।
विद्यार्थीहरुको सुविधाका लागि कलेजले नाम चलेका बैंक तथा वित्तिय संस्थाहरुसँग एमओयू गर्ने तयारी गरेको छ । बिबिए पढ्ने विद्यार्थीहरुका लागि यो लाभदायक हुने कलेजको अपेक्षा छ ।कलेजले बिई सिभिल विषय पढ्ने विद्यार्थीहरुका लागि आधुनिक ल्याव निर्माणको तयारी थालेको छ ।बिइ-सिभिल विभागीय प्रमुख जगन्नाथ अम्गाईले विभिन्न विषयहरुको प्रयोगात्मक सिकाइलाई विशेष जोड दिनका लागि सुविधासम्पन्न आधुनिक ल्याव सञ्चालनमा ल्याउने जानकारी दिनुभयो ।विद्यार्थीहरुलाई फिल्ड भिजिटमै लगेर सिकाईमा जोड दिनका लागि विभिन्न कलेजमा लामो समय अध्यापन गराएका अनुभवि प्राध्यापकहरु कलेजले छनौट गरेको बताउनुभयो ।

उज्यालो खबर