काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी बाँधदेखि तल सर्लाही जिल्लासम्मका बस्तीमा एक्कासि बाढीको आउने सम्भावना रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।
“निरन्तरको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको र केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका रौतहट र सर्लाही जिल्लासमेतका बस्तीहरूमा एक्कासि बाढी आउन सक्ने अवस्था देखिएको छ,” प्राधिकरणले शुक्रबार सूचना प्रकाशति गर्दै भनेको छ ।