×

नवलपुर । गैँडाकोट ९ स्थित जयश्री फुड्स प्रा.लि को प्राङ्गणमा वैशाख २९ गते शनिबार बिहान ६ः३० बजेदेखी रक्तदान कार्यक्रम हुने भएको छ । जयश्री फुड्सका सञ्चालक एवं जयश्री च्यारिटी नेपालका अध्यक्ष पवनकुमार अग्रवालले बढ्दो रक्तअभावलाई पूर्ति गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो ।

उहाँले उद्योग स्थापना भएको ११ औँ वर्ष पुरा गरी १२ औँ वर्ष प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यसअघि पनि जयश्री फुड्स तथा च्यारिटी नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ पटक सम्म रक्तदान कार्यक्रम गरिसकेको उहाँले उल्लेख गर्नुभयो ।

रक्तदान कार्यक्रममा उपस्थित भई रक्तदान गरी मानवीय सहयोग जस्तो पुण्य कार्यमा सरिक भइदिनहुन योग्य रक्तदातालाई जयश्री फुड्सका व्यवस्थापक अमित अग्रवालले आग्रह गर्नुभएको छ ।यस गर्मीयाममा चितवन, नवलपुर तथा देशैभर भएको रक्त अभावलाई केही हदसम्म भएपनि यसले रगत पूर्ति गर्ने विश्वास लिइएको छ ।

जयश्री फुड्सले यसअघि पनि नेपाल रेडक्रस सोसाईटीसँगको सहकार्यमा नियमित रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, ब्लड बैंक, गैँडाकोट ९ स्थित नवजागरण ग्रामिण विकास केन्द्रको सहयोगमा रक्तदान कार्यक्रम गर्न लागेको हो ।‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित व्यवसायी पवनकुमार अग्रवालले उद्योग र च्यारिटी दुवै सञ्चालन गर्नुभएको हो ।

 

तपाईको प्रतिक्रिया