×

कपिलवस्तु । महिला वालवालिका तथा जयेष्ठ नागरिक मन्त्रालयको चालु वर्ष २०८०-०८१ को स्विकृत वार्षिक कार्यक्रम राष्ट्रपति महिला शशक्तिकरण जीविकोपार्जन सुधार कार्यक्रम अन्तरगत विपन्न महिला, कोभिड १९ प्रभावित महिला, एकल महिला, हिंसापिडित महिला, परिवारमा कृर्षि वाहेक अन्य कुनै नियमित रोजगारी नभएका महिलालाई लक्षित गरी महिलालाई कृर्षि तथा पशुपालन पर्यटन र गैरकृर्षि क्षेत्रमा केन्द्रित भई स्थानिय विपन्न महिलालाई सिप विकास तालिम प्रदान गरी व्यावसाय स्थापना र सञ्चालन गर्न खर्च अनुदान (टेवा पुजी वा विउपुजी) सहयोग गरी रोजगार तथा स्वरोजगार सिर्जना गर्न कार्यमा सहयोग गरी महिलाहरुको सामाजिक तथा आर्थिक शशक्तिकरण र व्यावसाय प्रर्वद्धनका लागि स्थानिय निकाय बुद्धभुमि न.पा. ले सुचना प्रकाशित गरी विभिन्न, संघ, संस्था बाट प्रतिस्पार्धका आधारमा प्रकृति चन्द्रमा प्रतिष्ठान छनौट भई राष्ट्रपति महिला उत्थान जिवीकोपार्जन सुधार सम्बन्धि मापदण्ड २०७७को दफा १३ अनुसार बुद्धभुमि न.पा. संग मिति २०८०-१२-२५ गते एक समारोह विच बुद्धभुमि न.पा.का प्रशासकिय अधिकृत धुर्वप्रसाद नेपाल र प्रकृति चन्द्रमा प्रतिष्ठानका अध्यक्ष रोमलाल खनाल विच कार्यक्रम कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ।

बुद्धभुमि न.पा. १० वटै वडाका लक्षित २५ जना महिलालाई व्यावसाय सञ्चालन गर्नका लागि २६,०००/ (छब्बीस हजार) का दरले ६,५०,०००/ (छ लाख पचास हजार) अनुदान रकम र तालिम सञ्चालन गर्न १,००,०००/ (एक लाख) उक्त कार्यक्रमवाट खर्च गरिने छ। लक्षित महिला छनोटका लागि प्रकृति चन्द्रमा प्रतिष्ठानले सुचना आब्हान गरेको र छनोट तथा मुल्याङ्कन गर्न समिति गठन भैसकेको प्रतिष्ठानकी कार्यकारी निर्देशक सरीता श्रीसले वताउनु भएकोछ।

प्रकृति चन्द्रमा प्रतिष्ठानले विगत केहि समय अगाडी देखि नै नेपाल सरकारको संघिय प्रदेश र स्थानिय निकायहरु संग लक्षित समुदायको विकाशका लागि सामाजिक परिचालन , क्षमता विकास, आयआर्जन, जिवीकोपार्जन र भौतिक पुर्वाधार निर्मणका क्षेत्रमा कार्य गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया