×

झापा । पूर्वी नेपालको झापा बिर्तामोड की ईशा सुवेदी नेपाल आईडल सीजन ५ को टप १६ मा प्रवेश गरेकी छिन् । ईशा एपी वान टेलिभिजन मार्फत प्रशारण भैरहेको नेपाल आइडलको टप १६ मा प्रवेश गरेकी हुन् ।

बिर्तामोडको बाल्मीकि प्रोभिडेन्स कलेजमा स्नातक तहमा अध्ययनरत २१ बर्षिया सुवेदी सानैदेखि संगित क्षेत्रमा झुकाव राख्दै आएकी थिइन् । बुवा जिवन सुवेदीले छोरी ईशाले गरेको मेहनतले आफुहरु उत्साहित भएको बताउनुभयो । नेपाल आइडलको सीजन ५ को टप १६ मा पुगेकी ईशा कोशी प्रदेशकै एक्लो चेलि हुन् ।

तपाईको प्रतिक्रिया