काठमान्डौ । दक्षिण कोरियाको सेहान विश्वविद्यालय र नेपालको गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्रा. लि विच नेपाली विद्यार्थीहरूलाई आकर्षित गर्न र गुणस्तरीय शिक्षा आदानप्रदानको प्रवर्द्धनका लागि समझदारी भएको छ । सेहान युनिभर्सिटीका अध्यक्ष (ली सेउङ–हुन) र गोल्डेन इमिनेन्ट प्रालिका व्यवस्थापक कुललिप रिजालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको गोल्डेन इमिनेन्ट प्रालिले जनाएको छ ।
गोल्डेन इमिनेन्ट प्रालिका प्रतिनिधि कुलदीप रिजाल ले भन्नुभयो-यो एमओयू मार्फत नेपाली विद्यार्थीहरूलाई सेहान विश्वविद्यालयमा दुई संस्थाबीचको घनिष्ठ सहकार्यमा उत्कृष्ट शैक्षिक अवसरहरू उपलब्ध गराउन पाउँदा म खुसी छु ।उहाका अनु्सार भविष्यमा, सेहान विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विविधतामा योगदान पु¥याउने र उनीहरूको अनुभवलाई समृद्ध बनाउने उच्च गुणस्तरीय शैक्षिक अवसरहरू उपलब्ध गराउने प्रयास गर्नेछ।
सेहान विश्वविद्यालयको अन्तर्राष्ट्रिय मामिला कार्यालय निर्देशक (पार्क सु–जिन) ले भन्यो, ’नेपालसँग सहकार्य गरेर हाम्रो विश्वविद्यालयको अन्तर्राष्ट्रिय शिक्षा विस्तार गर्ने अवसर पाउँदा हामी खुसी छौं। दुई देशबीचको आदानप्रदानबाट राम्रो शैक्षिक वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य छ।’
चितवनको भरतपुरमा प्रधानकार्यालय रहेको गोल्डेन इमिनेन्टले काठमान्डौ र बुटवलबाट समेत शैक्षिक परामर्श र सेवा प्रदान गर्दै आएको छ । विगत १० वर्षदेखि नेपाली विद्यार्थीहरुलाई दक्षिण कोरियामा अध्ययनका लागि पठाउदै आएको गोल्डेन इमिनेन्टले उचित परामर्शका कारण लोकप्रीय छ ।

उज्यालो खबर