
नवलपुर । पूर्वी नवलपरासीमा गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।आइतबार बिहान साढे ११ बजे बुलिङटार गाउँपालिका मालडाँडाबाट कावासोती आउदै गरेको लु १ ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलले जानकारी दिए।
उनका अनुसार ७ जना सवार उक्त गाडीमा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो।देवचुली नगरपालिका-९ स्थित एस-मोडमा चालकले गाडी घुमाउन नसक्दा घरमा गएर ठोक्किएको डिएसपी पौडेलले बताए।‘तिव्र गतिका कारण दुर्घटना भएको देखिन्छ। घुम्तीमा घुमाउन नसकेर घरमा गएर बजारिएको छ,’ उनले भने।
मृतक तीन जना महिला र तीन जना पुरूष छन्। एक जना गम्भीर घाइतेको उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेजमा पठाइएको छ।मृतकहरूको पहिचान नखुलेको प्रहरीले जनाएको छ। समितिमार्फत गाडीका चालक छनबहादुर आले रहेको खुलेको छ।