×

सुरेश रावल
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका ५ बस्ने २५ बर्षिय रमिता कुमारी रावल पैसाको अभाबमा मृत्यु सँग जुधिरहेकी छन् ।
पाठेघर र ठुलो आन्द्राको क्यान्सर बाट पिडित रमिताको उपचारमा आर्थिक अभाब भएको दाजु धिरेन्द्र बहादुर रावलले वताएका छन् ।

सिभिल इन्जिनियर पढदै गरेकी उनि ४ महिना देखी क्यान्सर रोग बाट ग्रसित रहेकि छन् । परिवारले जेनतेन गरेर नेपाल क्यान्सर अस्पताल ललितपुरमा उपचार गराइरहेका भएपनि आर्थिकको निकै समस्या परेको छ । उनलाइ चेकजाँच तथा उपचारका लागि आफन्तले भारतको दिल्ली समेत पुयाएका थिए । अहिले रमितालाइ किमो थेरापी साइकल मार्फत उपचार शुरु भइरहेको छ ।

एउटा साइकल किमो चलाइसकेको छ । अझै कम्त्तिमा ५ वटा साइकल चलाउनु पर्ने चिकित्सकले वताएका छन् । एउटा साइकल चलाउन तिस चालिस हजार बढी खर्च हुने गरेको छ । किमो चलाउदा आइसियु चाइने भएकाले बढी खर्च लाग्ने गरेको रमिताका दाजु धिरेन्द्रले वताए । किमो चलाउन त निकै

समस्या परेको छ, अन्य उपचार तथा बेड चार्ज पनि धेरै आउने भएकाले उपचारमा गर्न निकै समस्या परेको उनले वताएका छन् ।सिभिल सब इन्जिनियर पढेर सकेपछि उनि नेपालगञ्जमा डिप्लोमा सिभिल इन्जिनियर पढिरहेकी थिइन् । दोस्रो बर्ष पढिरहेकी उनि एकाएक बिरामी भएपछि पढाइ समेत छुटेको छ । पढाइ त बाचे पछि पढिहाल्थे पहिला कसरी बाच्ने भन्ने भएको रमिताले वताईन् ।

धेरै पैसा खर्च भइसकेको छ, अझै खर्च धेरै लाग्ने भएको छ उपचार पाए चिकित्सकले बाच्ने भनेका छन्, तर परिवार सँग पैसा नहुदा समस्यामा परेको उनले वताईन् ।रमिताका दाजु धिरेन्द्र अहिले बहिनी बचाउनका लागि हारगुहार गरिरहेका छन् । रिन काढेर लाखौं खर्च गरिसकेका छौ, अब रिन पनि नपाइने अबस्था भइसकेको छ, बहिनी बचाउनका लागि उनले सबैलाइ हार्दिक अपिल गरेका छन् । पैसा ब्यबस्थापन गर्ने ठाउँ नभएपछि समस्यामा परेको धिरेन्द्रले वताए ।

तपाईको प्रतिक्रिया