×

भरतपुर । भरतपुर-७ उज्ज्वल टोलभित्र रहेको एकता दिदिबहिनी समुहले घरआँगनमै तीज कार्यक्रम गरेको छ । पार्टी प्यालेसमा हुने खर्च कटौती गर्दै समुहका दिदिबहिनीहरुले टोलभित्रै कार्यक्रम गरेका हुन् । संस्थागत रातो सारिमा सजिएर तीज विशेष कार्यक्रम गरेका छन् ।

समूहकी सचिव सुनिता भट्टले भोजभतेर गरेर दर खाने संस्कृति गलत भएकाले गाउँटोलमै तीज मनाउन सकिने सन्देश दिइएको बताइन् । उज्ज्वल टोलको मार्ग नम्बर ३६-३७ का करिब ७० जना छिमेकीहरु एकसाथ मिलेर तीजको शुभकामना आदानप्रदान गरेका छन् ।

छिमेकीकै घर, आँगनमा तीज गीतमा छमछमी नाचेका थिए । तीजको दर खान भन्दै पैसा खर्चेर भोजभतेर नगर्ने प्रतिवद्धता पनि जनाएका छन् । समूहकि अध्यक्ष रिता घिमिरेले टोलभित्रै छिमेकीको दैलोमै तीज कार्यक्रम गर्ने परम्परा सुरुवात गरेको बताइन् ।

 

तपाईको प्रतिक्रिया