×

काठमान्डौ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशका कानून सचिव शंकरबहादुर केसीलाई कर्णाली प्रदेशको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।

साढे २ वर्षदेखि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कानून सचिवको रुपमा जिम्मेबारी सम्हाल्दै आउनुभएका केसीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश स्थापना दिवसको अवसरमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारबाट सम्मान गर्नुभएको हो ।

भौगोलिक रुपमा दुर्गम प्रदेशमा बसेर लगातार प्रदेशबासीको सेवामा सर्मपित भएको भन्दै सचिव केसीलाई सम्मान गरिएको हो । बाग्लुुङको साविक भकुण्डे गाविसमा जन्मिएका केसी निजामती सेवामा कुशल प्रशासकको रुपमा परिचित हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया