दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको कोषाध्यक्ष पदमा बुद्ध पान्डेले उम्मेदवारी दिने भएका छ्न । सामाजिक सन्जाल फेसबुक मार्फत, आगामी कार्यकाल २०२३-२०२५ को लागि कोषाध्यक्षमा पदमा उम्मेद्धवारी दिन लागेको घोषणा गरेका हुन ।सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका पान्डे हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक साथै लुम्बिनी प्रदेश समन्वय परिषद कतारका बर्तमान अध्यक्ष रहिआएका छ्न । उनले बचेको समयलाई समाज सेवामा समर्पित गर्दै आएका छन् ।
उनले कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने बताए । उनले अगाडि भनेका छ्न सामान्य मजदुर बाट सुरु गरेको मेरो सामाजिक यात्रामा धेरै उतारचढाव आएतापनि कहिँ कतै बिचलित हुनु परेन र हुनु पर्ने पनि छैन , मलाइ यहाँ सम्म आउन प्रेणा प्रदान गर्नुहुने अग्रज ,शुभचिन्तक र सहकर्मी सबैमा नमन गर्दछु ।
समयको माग संगै यहाँहरुको मायाँबाट प्रेरित भै आर्थिक पाटोलाइ सहि व्याबस्थापन गराएर सरल र सहज पारदर्शी राख्ने दृढ संकल्पका साथ आगामी २३-२५ कार्यकालको लागि गैर आबासिय नेपाली संघ रास्ट्रिय समन्वय परिषद कतारको कोषाध्यक्ष पदमा उम्मेद्बारी दिने तयारिमा भएको कुरा अग्रज ,शुभचिन्तक तथा सहकर्मी हरु सबैमा जानाकारी सहित सकारात्मक सुझावको अपेक्षा गर्दछु भन्दै उनले भारीमतले विजयी गराउन कतारबासी सम्पुर्ण एनसिसि पार्सदहरुमा आग्रह गरेका छन्


उज्यालो खबर