×

काठमाडौं । आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ । कलेजबाट बिबिए, बिएचएम, बिएससी र बिएससीआइटीमा स्नातक तह उत्तिर्ण गरेका विद्यार्थीहरु सन्डरल्यान्ड विश्वविद्यालयको तर्फबाट दीक्षित भएका हुन् ।

काठमाडौंको होटल याक एन्ड एतीमा असार १४ गते एक समारोहबीच ३६७ जना विद्यार्थीहरुलाई दीक्षित भए ।आइएसएमटी ग्रुपले सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा कलेज सञ्चालन गर्दै आएको छ ।

उक्त कलेजले बुटवलमा बिएचएम र बिएससीआइटीमा अध्यापन गराई रहेको छ। बुटवलस्थित कलेजमा हाल ५० बढी विद्यार्थीले अध्ययन गरिरहेको प्रोग्राम कोर्डिनेटर दिपेश पाण्डेले जानकारी दिए।

तपाईको प्रतिक्रिया