×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको साइनिङ माध्यामिक विद्यालयले अभिभावकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गैँडाकोट ५ स्थित विद्यालयको आफ्नै सभाहलमा आयोजित अभिमुखिकरण कार्यक्रममा २५० भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्राचार्य इन्दिरा दवाडीले अभिमूखिकरण कार्यक्रमले अभिभावक र विद्यालयविच रहने दुरी समेत कम हुने र सिकाइका नयाँ नयाँ माध्यमका बारेमा समेत जानकारी प्राप्त हुने बताउनुभयो ।
उहाँले विद्यार्थीहरुको पहिलो पाठशाला घरनै भएको बताउँदै आफ्ना नानीबाबुहरुको भाविष्य कता लैजाने भन्नेकुरा अभिभाकहरुको हातमा रहेको प्रष्ट पार्नुभयो । कार्यक्रममा बोल्दै शिक्षाविद गोपाल भण्डारीले मन खुसी र बाताबरण राम्रो भएको खण्डमा मात्रै उनिहरुको सिकाई सहजीकरण प्रभावकारी हुने धारणा राख्नुभयो ।
विद्यालयका शिक्षक गणेशप्रसाद शर्माले सहजीकरण गर्नुभएको कार्यक्रममा शिक्षक विष्णु शर्माले अभिभाकहरुलाई स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया